प्रस, वीरगंज, २२ पुस/

प्रेस चौतारी नेपाल, पर्साको पहिलो बैठक बिहीवार नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा सम्पन्न भएको छ । अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले नेपाल पत्रकार महासङ्घले पछिल्लो समय स्व गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कारका लागि प्रताप श्रेष्ठ र तुलसी भण्डारीलाई दिने निर्णय गरी उपयुक्त पात्र छनोट गरेकोमा नेपाल पत्रकार महासङ्घलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले कार्यसमितिमा आनन्द पटेल, राजन रौनियार, पन्नालाल साह, अखिलेश साह र उर्मिला सापकोटालाई मनोनीत गर्दै सचिवालयमा नेहाल खान, नितेश कर्ण, प्रकाश तिवारी तथा राजन रौनियारलाई समावेश गरेको छ । त्यस्तै, प्रेस चौतारी नेपालको छैटौं महाधिवेशन सफल बनाउन सबै तयारी गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here