प्रस, पर्सागढी, १६ पुस/
सबडिभिजन वन कार्यालय, सबैया र सबैया साझेदारी वन उपभोक्ता समितिको टोलीले वीरगंज महानगर–३१ बाट ५५ क्युफिट सालको गोलिया काठ बरामद गरेको छ ।
फरेस्टर पुरुषोत्तम पटेलको नेतृत्वमा खटेको टोलीले ९ वटा साइकल र सोमा लोड गरिएको ९ थान सालको गोलिया बरामद गरेको बताइएको छ ।
गस्ती टोलीलाई देखेर तस्करहरू साइकल, काठ छाडी भागेका र उनीहरूको खोजी भइरहेको सबैया साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष लखनलाल साहले बताए ।
प्रहरी चौकी मिलनचोक नजीकबाट काठ बरामद हुनुले काठ तस्करीमा प्रहरीको संलग्नता रहेको स्थानीयको आरोप छ ।