पर्साको ठोरी गाउँपालिका वडा नं १ मा नमूनाकै रूपमा मानवसेवा आश्रम सञ्चालनमा छ । नमूना यस अर्थमा कि आश्रमका सञ्चालक आसबहादुर गुरुङ आफ्नो पेन्सनको पैसाले आश्रम सञ्चालन गरिरहेका छन् । उमेरले आठ दशक नाघेका गुरुङ भारतीय सेनाका अवकाशप्राप्त हुुन्। उनले अवकाश पाए लगत्तै शुरू गरेकोे आश्रम सञ्चालनमा आएको झन्डै तीन दशक पुगेको छ । उनी कुनै सम्पन्न, उद्योगी, व्यापारी वा जमीनदार होइनन् । पेन्सनको रकम सबै आश्रितकै भरणपोषणमा खर्च हुने भएकाले देखभालका लागि छुट्टै कर्मचारी राख्न नसक्दा गुरुङ, उनकी धर्मपत्नी र वृृद्धा आमासमेत आश्रितको स्याहारसुुसारमा जुटे । सेवा आश्रममा विशेषगरी सहारा कोही नभएका विकलाङ्ग, सुुस्तःमनस्थिति, वृद्धवृद्धाहरू आश्रित छन् । उनीहरू हरसमय स्याहारसुसार गर्नैपर्ने अवस्थाका छन् । प्रायःजसोेको हातमुुख पनि धोइदिनुपर्ने, शौचालय लगिदिनुपर्ने त कतिपय थलामा नै शौच गर्ने किसिमका पनि छन् । २४सैं घण्टा मानवसेवामा समर्पित गुरुङ, आफन्त कोही नभएर बिचल्लीमा परेकाहरू भेट्दा आफैंले डोकोमा बोकेर आश्रममा ल्याउँछन् । यसरी ल्याइएका आश्रितहरू २०–३० जना उनको आश्रममा रहिरहेका हुन्छन् ।

विगतमा ठोरी जिल्लाकै अनकन्टार पिछडिएको क्षेत्र मानिन्थ्यो । आज हुलाकी सडकको पहुँच, ग्रामीण विद्युतीकरण र मोबाइल फोनको पहुँचका कारण जिल्ला सदरमुकाम वीरगंजसँग ठोरीकोे पहुँच सहज भएको छ । दुई दशकभन्दा लामो अवधि गुमनाममा सञ्चालित ठोरीको मानवसेवा आश्रम भरखरै समाचार माध्यम तथा सामाजिक सञ्जालहरूमा छाउन थालेका छन् । आसबहादुुर गुरुङ नाम जस्तै आशावादी स्वभावका छन् । उनी निराशा नभई आशावादी स्वभावका भएकाले नै उल्लेखनीय सफलताहरू हात पारेका हुन् । गुरुङ ६० वर्षको उमेरमा कखरा शुरू गरेर ६७ वर्षको उमेरमा एसएलसी पास गर्ने मुलुुककै पहिलो व्यक्ति हुन् । त्यसैगरी, ग्रामीण क्षेत्र ठोरी, जुन बेला सदरमुकाम वीरगंज आउनसमेत भारतको बाटो भएर दुई दिन लाग्थ्यो । त्यो अवस्थामा आफ्नो गाउँ झलमल पार्ने सपनाका साथ ग्रामीण विद्युतीकरणमा जुटे। अन्ततः उनी सफल भए । आज बिजुली बाको नामले उनी प्रख्यात छन् ।

यति उदाहरणीय, लगनशील र इमानदार रहँदा पनि उनले सञ्चालन गरेको मानवसेवा आश्रम भने भोलिको दिनमा बेसहारा हुने हो कि भन्ने अवस्था छ । आश्रममा आश्रित सङ्ख्या बढ्दो छ, महँगी पनि बढिरहेकै छ, तर सो अनुपातमा आसबहादुरको पेन्सन सीमित छ । आश्रम सञ्चालनका लागि स्थायीरूपमा भरथेग गरिदिने सहयोगी व्यक्ति, समूह तथा संस्थाहरू अझै आश्रमले पाएका छैनन् । यो अवस्थामा ठोरीकै नागरिक अगुवा सन्तोष श्रेष्ठले दैनिक पाँच रुपैयाँ आश्रमलाई दिने अभियानको घोषणा गरेका छन् । यसले आसबहादुरको आशाको जगमा पुनः इँटा थपेको छ । मन हुने व्यक्तिले दैनिक पाँच रुपैयाँ मानवसेवाका लागि आश्रममा दिनु कुनै गा¥हो छैन । दिनको एक कप चिया पनि परेन । अम्मल खानेहरूले अलिकति अम्मल कटौती गरेर वा मोबाइल प्रयोगकर्ताहरूले केही एमबी वा केही कल बचाएर पनि अभियानमा साथ दिन सकिन्छ । न्यून आय भएका व्यक्तिसमेत सहभागी भई महान् अभियानमा संलग्न हुन सकिने महŒवपूर्ण अभियानमा जतिसक्दो धेरै सदस्य सहभागी हुने हो भने, ठोरीको आश्रम चिरस्थायी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here