चिरञ्जीवी सापकोटा, ठोरी, १५ पुस/

ठोरी गाउँपालिका वडा नं २ र ३ लाई जोड्ने ठुटे खोलाको पूर्वपट्टिको कुलोमा बिहीवार हा्युमपाइप राखिएको छ । ठोरी–२ का अध्यक्ष किशोर तामाड्ढो नेतृत्वमा उक्त कुलोमा ह्युमपाइप राखेर ठोरी आवागमनलाई सहत बनाइएको छ ।

लामो समयदेखि ठोरीका नागरिक तथा ठोरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले उक्त कुलोको कारण सास्ती बेहोर्नुपरेको हुँदा भारतीय धमौरा पञ्चायतका मुखिया रामबिहारी सहनीसँग आपसी समन्वय गरी कुलोमा ह्युमपाइप राखिएको वडाध्यक्ष तामाङले जानकारी दिए।

कुलोमा ह्युमपाइप राखिए तापनि तत्कालको लागि मात्र समस्याको समाधान भएको हुँदा दीर्घकालीन समाधानका लागि सबै लाग्नुपर्ने वडाध्यक्ष तामाङले बताए । उक्त कुलोमा हुलाकी सडकले कल्भर्ट निर्माण गर्नुपर्नेमा कल्भर्ट निर्माण नगरी कार्य सम्पन्न भयो भन्दै हुलाकी सडकको ठेक्का पाएको कालिका/बानियाँ जेभी झन्डै डेढ वर्ष पहिले नै बिदावारी भएर गएको थियो ।

ठेकेदार कम्पनी बिदा भएर गएको डेढ वर्ष भएपनि हाललाई समस्याको समाधान भएको भन्दै स्थानीयहरूले खुशी व्यक्त गरेका छन् । भारतीय धमौरा पञ्चायतका मुखिया सहनीले नेपाली पक्षले हार्दिकताका साथ सहयोग पु¥याएको बताउँदै आपसी समझदारी कायम राख्नुपर्ने धारणा रहेका छन् ।

नयाँ वर्ष मनाउन ठोरी आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई ठोरी आवागमनमा सजिलो भएको तर यसलाई नै अन्तिम रूप नदिई हुलाकी सडकबाट सीधैं पुलमा आउने उपायको लागि सम्बन्धित निकायलाई घचघचाउने कार्यमा स्थानीय सरकारको भूमिका ठोरीवासीले आस गरिरहेको ठोरी–२ का स्थानीय युवा अगुवा पीताम्बर सिलवाल बताउँछन् ।

ठोरीको ठुटे खोलाबाट भारतीय पक्षले दुईवटा कुलोबाट पानी लाने गरेकोमा दुई वर्ष पहिले एउटा कुलो स्थानीयहरूको अगुवाइमा पुरिएको थियो भने एउटा कुलोको कारण सबैले सास्ती बेहोर्नुपरेको थियो ।

ठोरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई कुलोको कारण धेरै कष्ट हुने गरेको तर अब कुनै कष्ट नबेहोरी ठोरी आउन सकिने भएकोमा ठोरी बजार समितिका अध्यक्ष रामशरण लामिछाने खुशी व्यक्त गर्छन् । उक्त कुलोमा ह्युमपाइप राख्ने बेला नेपाली र भारतीय नागरिकहरूको उल्लेख्य सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here