ओमप्रकाश चौधरी, सेढवा, १४ पुस/
मङ्गलवार रातिदेखि परेको बेमौसमी बर्खाको कारण किसानहरूले लगाएका हिउँदे बालीमा नराम्रो प्रभाव परेको छ । विशेषगरी जिल्लाका गण्डक नहरभन्दा उत्तरतर्फका किसानहरूका बालीमा पानीले नराम्रो प्रभाव पारेको स्थानीयले बताएका छन् ।
किसानहरूले धानपछिको दोस्रो मुख्य बाली गहँुमा सिंचाइ गरी युरिया मल छर्ने बेला परेको पानीले असर पु¥याएको जीराभवानी गाउँपालिका वडा नं २ सेढवाका किसान अमृत चौधरीले गुनासो गरे । गहुँको बीउ छरेको २१ दिनपछि सिंचाइ भएको खेतका कतिपय स्थानका गहुँ पहेंलो हुँदै मर्न थालेकोमा यो पानी थपिंदा झनै गहुँ मार्ने सम्भावना बढेको किसान चौधरीले बताए ।
गहुँबाली रोपाइँका लागि जोताइ, रासायनिक मल, बीउबिजन तथा कीटनाशक औषधि खरीदमा ठूलो लगानी खर्च गर्नुपरेको हँुदा बाली बिग्रिंदा निकै चिन्तामा रहेको किसान चौधरीले बताए । पानीका कारण गहुँबालीका साथै सुर्ती, तोरी, तरकारीमा पनि नराम्रो प्रभाव परेको छ ।
ठोरी गाउँपालिका वडा नं ५ क्षेत्रीलाइनका किसान बलराम कोर्माेचाका अनुसार तोरीको फूल झरिसकेको र बालामा दाना लाग्दै गरेको अवस्थामा यो पानीले जमीनमा रहेका ढिकाहरू पग्लिंदै गएकाले तोरीको झार ढल्ने सम्भावना बढेको छ । ढलेका तोरीका बालामा दाना नलाग्ने, लागे पनि कुहिने डर भएको किसान कोर्माेचाले बताए ।
यसका साथै तोरीको बोटबाट अर्काे नयाँ हाँगा पलाउने हँुदा पानीले तोरीलाई नराम्रो असर पारेको किसान कोर्माेचाले बताए । अर्कोतर्फ सिंचाइ नगरेको सुर्ती बालीलाई यो पानीले फाइदा पु¥याएको भएपनि सिंचाइ नभएकोलाई घाटा पुगेको छ ।
सुर्तीमा पानी जमेको अवस्थामा जाडो मौसममा पानी नसुक्ने र बोट नै मर्ने किसानहरूको भनाइ छ । त्यस्तै, आलु, काउली, बन्दा, खुर्सानी, लसुन, भन्टालगायतका तरकारी बालीलाई भने नकारात्मक असर पर्ने किसानहरूले बताएका छन् ।
बर्खा जारी रहेमा मुसुरो, खेसारी, चना, केराउलगायतका दलहन बाली र आलसलाई समेत नराम्रो असर पर्ने किसानहरूको भनाइ छ । तर गण्डक नहरभन्दा तलतिरका किसानहरूले नहरमा पानी नआएको हुँदा गहँुमा सिंचाइ नभएकोले त्यहाँका किसानहरूलाई फाइदा पुगेको छ।