- उमाशङ्कर द्विवेदी
अनि एउटा अत्यन्त तेजस्वी बाण कृतवर्मामाथि हाने । त्यो बाण कृतवर्माको कवचलाई च्यातेर उनको शरीरलाई छेड्दै रगताम्य भएर पृथ्वीमाथि खस्यो । त्यसको चोटबाट कृतवर्माको शरीर पनि रगताम्य हुन पुग्यो, उनको हातबाट धनुष खस्यो र उनी अत्यन्त पीडित भई रथमा थुचुक्क बसे ।
यस प्रकारले कृतवर्मालाई परास्त गरेर सात्यकि अगि बढे । अब द्रोणाचार्य उनको सामु आई बाणवर्षा गर्न थाले । उनले तीनवटा बाणबाट सात्यकिको निधारमा चोट गरे तथा अनेकौं बाणबाट उनीमाथि वार गरे । आचार्य हाँस्दै पहिला तीस अनि पछि पचासवटा बाण हाने । यसबाट सात्यकि रिसले मुर्मुरिए । सात्यकिले नौवटा तीखो बाण आचार्यमाथि प्रहार गरे तथा उनको सामु नै एक सयवटा बाण हानेर उनको सारथि र ध्वजालाई काटिदिए ।
सात्यकिको यस्तो फुर्ती हेरेर आचार्यले सत्तरीवटा बाण हानेर उनको सारथि र घोडामाथि वार गरे। फेरि एउटा बाणबाट रथको ध्वजा काटेर अर्को बाणबाट सात्यकिको धनुषलाई काटिदिए । अनि सात्यकिले एउटा गदा उचालेर द्रोणमाथि प्रहार गरे । गदालाई आपूmतिर आइरहेको हेरेर आचार्यले बीचमैं अनेकौं बाण हानेर त्यसलाई काटेर खसालिदिए । सात्यकिले अर्को धनुष लिई धेरैवटा बाण वर्षाएर द्रोणको दाहिने भुजालाई घाइते पारिदिए ।
यसबाट उनलाई असह्य पीडा भयो । आचार्यले एउटा अद्र्धचन्द्राकार बाणबाट सात्यकिको धनुषलाई काटेर एउटा शक्तिको प्रहार गरी उनको सारथिलाई मूर्छित पारिदिए । यतिबेला सात्यकिले बडो नै अमानुषिक कर्म गरे । उनी द्रोणाचार्यसित लड्दै रहे र एक हातले घोडाहरूको राश पनि सम्हालिरहे । उनले एउटा बाण हानेर द्रोणाचार्यको सारथिलाई पृथ्वीमाथि लडाइँ दिएर बाणबाट उनको घोडाहरूलाई यताउति भगाउन थाले । घोडाहरूले द्रोणाचार्यको रथलाई तान्दै रणाङ्गणमा हजारौं फनफन्ती घुमाउन थाले ।
त्यति बेला जम्मै राजा र राजकुमारहरूले कोलाहल मचाउन थाले अनि सात्यकिको बाणले विह्वल भएर ती सबै पनि युद्धमैदान छाडेर भागिहाले । यसबाट तपाईंको सेना फेरि पनि अव्यवस्थित हुन थाले । सात्यकिको बाणबाट पीडित भएका घोडाहरू हावाको गतिमा द्रोणाचार्यलाई व्यूहमुखमा लगेर उभ्याए । आचार्यले पाण्डव र पाञ्चालहरूको प्रयत्नबाट आप्mनो व्यूह भङ्ग भएको हेरेर पुनः सात्यकितर्फ जाने विचारलाई त्यागेर उनी पाण्डव र पाञ्चालहरूलाई अगि बढ्न रोकेर व्यूहको नै रक्षा गर्न थाले ।
सञ्जयले भने– राजन्, यस प्रकारले द्रोणाचार्य तथा कृतवर्मा आदि तपाईंका वीरहरूलाई परास्त गरेर सात्यकिले आप्mना सारथिसित भने– सूत, हाम्रो शत्रुहरूलाई त श्रीकृष्ण र अर्जुनले पहिले नै भस्म पारिदिएका छन् । हामीहरू त यिनीहरूको पराजयमा निमित्त मात्र हौं र पुरूषश्रेष्ठ अर्जुनले मारिदिएका योद्धाहरूलाई मात्र मारिरहेका छौं । सारथिसित यति कुरा सुनी ती शिनिकुलभूषण चारैतिर बाणवर्षा गर्दै आप्mना शत्रुहरूमाथि जाइलागे । उनलाई बढिरहेको हेरेर राजकुमार सुदर्शन क्रोधित भएर उनको सामु आई बलात् रोक्न थाले । उनले सात्यकिमाथि हजारौं बाण हाने तर सात्यकिले ती बाणहरूलाई बीचमैं काटिदिए ।
यसै प्रकार सात्यकिले पनि उनीमाथि जति बाण हाने ती जम्मैलाई सुदर्शनले दुई/दुई, तीन/तीन टुक्रा पारिदिए । फेरि उनले कानसम्म धनुको डोरी तानेर तीनवटा बाण हाने । ती बाणहरू सात्यकिको कवचलाई छेडेर उनको शरीरभित्र छि¥यो, साथै चारवटा बाण उनले सात्यकिको घोडामाथि पनि हाने । अनि सात्यकिले बडो फुर्तीका साथ आफ्नो तीखो बाणद्वारा सुदर्शनका चारै घोडा मारेर ठूलो स्वरले सिंहनाद गरे । फेरि एउटा भल्लबाट सुदर्शनको सारथिलाई मारेर एउटा क्षुरप्रद्वारा उनको कुण्डलमण्डित शिरलाई गिंडबाट अलग्याइदिए । यस प्रकार राजा दुर्योधनका पौत्र सुदर्शनको संहार गरेर सात्यकिलाई बडो हर्ष भयो । सात्यकि तपाईंका सेनाहरूलाई आफ्नो बाणको झरीबाट पन्छाएर सबैलाई बिस्मित पार्दै अर्जुन भएको दिशातिर हिंडे । मार्गमा उनको सामु जुन शत्रु आउँथे, तिनलाई उनी अग्निको समान आफ्ना बाणमा होमिदिन्थे । उनको यस अद्भुत पराक्रमलाई अनेकौं वीरहरूले प्रशंसा गरिरहेका थिए ।
उनले आप्mनो सारथिसित भने–लाग्दछ, महावीर अर्जुन यतैउति कतै छन्, किनकि उनको गाण्डीवको ध्वनि यहाँ सुनिंदैछ । मलाई शुभ–शकुन भइरहेको छ, यसबाट के लाग्दछ भने उनले सूर्यास्तभन्दा पहिले नै जयद्रथको वध गरिदिनेछन् । अब तिमीले घोडाहरूलाई अलिक आराम गर्न देऊ । अनि जता शत्रुहरूको सेना छ तथा जता दुर्याेधनादि राजा एवं कम्बोज, यवन, शक, किराँत (सम्भवतः यिनीहरू नेपाली सैनिक थिए), दरद, बर्बर, ताम्रलिप्पतक तथा अनेकौं म्लेच्छहरू उभिएका छन्, उतै रथलाई लग । यी सबैले मसित युद्ध गर्ने तयारीमा छन् । रथ, हात्ती र घोडाहरूको संहार भइहालोस् अनिमात्र तिमीले हामीले यस दुस्तर व्यूहलाई पार गरिसक्यौं भन्ने बुझ्नु है । क्रमशः…