प्रस, ठोरी, २ पुस/

बालविकास तहदेखि कक्षा तीनसम्म अध्ययनरत बालबालिकाहरूको अपाङ्गताको प्रारम्भिक पहिचानसम्बन्धी दुर्ई दिने तालीम शुक्रवार सम्पन्न भएको छ । ठोरी गाउँँपालिकाको संयोजन तथा सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साको आयोजनामा सञ्चालित तालीम आज ठोरी गापा–४ घ्याङडाँडास्थित ज्ञानज्योति मावि भवनमा सम्पन्न भएको हो ।

प्रशिक्षक जयकिशोर साहले गापाका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा लेखापालहरूलाई प्रशिक्षण दिएका थिए । सामुदायिक विद्यालयहरूमा बालविकास तहदेखि कक्षा तीनसम्म अध्ययनरत दुईदेखि चार वर्षसम्मका एकथरी र पाँचदेखि सत्र वर्षसम्मका अर्काथरी गरी दुई समूहका बालबालिकाहरूमा प्रारम्भिक अवस्थामा नै विद्यालयले कुनै प्रकारको अपाङ्गता भए/नभएको यकीनका साथ पहिचान गरी अपाङ्गता भएमा आवश्यक उपचारका लागि सम्बन्धित निकायमा सिफारिश गर्न तालीमको आयोजना गरिएको थियो ।

गापा अध्यक्ष पद्मलाल श्रेष्ठको अध्यक्षतामा भएको तालीम समापन कार्यक्रममा सामाजिक विकास अधिकृत धर्मराजबहादुर थापा, शिक्षा संयोजक भुपालकुमार जोशीलगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here