• वैधनाथ श्रमजीवी

यतिबेला चारैतिर नेपाली काङ्ग्रेस सभापतिमा फेरि पनि शेरबहादुर देउवा विजयी भएको चर्चा चलिरहेको छ । अधिवेशनमा पहिलो चरणमा सभापतिको लागि भएको उम्मेदवारी र प्यानलबाजीले आम बुझाइ थियो कि यसपालि सभापति फेरिन्छ तर दोस्रो चरणको निर्वाचनसम्म आइपुग्दा रातारात प्यानलहरू बदलिए । समीकरणहरू भत्के र फेरि पनि शेरबहादुर देउवा नै निर्वाचित भए ।

नेपाली काङ्ग्रेसमा जेलनेल खाएका, प्रजातन्त्रको लागि यातना झेलेका शेरबहादुर देउवाको समकक्षी उम्मेदवारको रूपमा रामचन्द्र पौडेल देखिए पनि देउवाइतर उम्मेदवारहरूले पौडेललाई समर्थन पनि नगर्ने र उनीहरू स्वयम् एक भई एउटै उम्मेदवारको रूपमा प्रस्तुत पनि नहुने पक्का भएपछि बिचरा रामचन्द्रले सार्वजनिकरूपमंै सञ्चारमाध्यमकै अगाडि रूँदै आप्mनो उम्मेदवारी फिर्ता लिएको दृश्य सबैले देखेकै हो ।

यतिबेला विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशाङ्क कोइरालाले देउवासँगको आन्तरिक मन्त्री पदको लेनदेनमा आप्mनो उम्मेदवारी फिर्ता लिएर शेरबहादुरलाई सघाएको सबैको अगाडि छर्लङ्ग भइसकेको छ । अर्थात् पदको लागि बिक्री हुने नेताहरू नेपाली काङ्ग्रेसमा यतिखेर धेरै रहेको देखिएको छ ।

संसारमा जहाँ पनि राजनीतिमा लागेका नेताहरू तीन प्रकारका हुने गर्छन् । पहिलो, प्रतिक्रियावादी राज्यसत्ताविरूद्धको लडाइँमा स्वयम् होमिएर खारिएका नेताहरू । यस्ता नेताहरूको रगत, पसिना, त्याग, बलिदान, क्रान्ति वा आन्दोलनमा लागेको हुन्छ ।

दोस्रो, यस अन्तर्गत पर्ने नेताहरू कस्ता हुन्छन् भनी स्वयम् यिनको आप्mनै त्याग, बलिदान केही पनि हुँदैन तर यिनको बाउबाजेको बलिदान हुन्छ । यस प्रकारका नेताहरूले बाउबाजेको बलिदानको ब्याज वर्षौंसम्म खाइरहेका हुन्छन् ।

तेस्रो, यस श्रेणीमा यस्ता नेताहरू हुन्छन्, जसको बाउबाजेको क्रान्तिमा कुनै लगानी हुँदैन तर ऊ विकासप्रेमी हुन्छ । उसका क्रियाकलापहरू समाजमा सेवामुखी हुने गर्छ । हो, यस्ता नेताहरू प्रत्येक देश, काल, परिस्थितिमा राजनीतिको यात्रामा यदाकदा न्यून मात्रामा भेटिन्छन् ।

जहाँसम्म नेपाली राजनीतिको सवाल छ, हाम्रो देशमा २००७ सालको आन्दोलनमा त्याग, बलिदान गरेका नेताहरू जो राजनीतिमा चर्चित थिए, उनीहरू धेरैजसोको देहावसान भइसकेको छ । एकाध जो जीवित छन्, जनताले उनीहरूको चरित्र हेरिसकेका छन् । वास्तवमा साँच्चै भन्ने हो भने यतिबेला नेपाली राजनीतिमा २००७ सालका त्यागी नेता जो समाज सेवामा समर्पित होस् र विकासप्रेमी होस् एकजना पनि जीवित छैनन् ।

अब रह्यो दोस्रो दर्जाको नेताको कुरा । अर्थात् बाउबाजेको त्यागको ब्याज खाने नेताहरूको सम्बन्धमा यस श्रेणीमा पर्ने नेताहरू खासगरी नेपाली काङ्ग्रेसभित्र प्रशस्त छन् । त्यागको कुरा आउँदा लौहपुरूष भनेर चिनिने गणेशमान सिंह जसले प्रधानमन्त्री पद पाउँदा त्यसको लागि उपयुक्त पात्र आफू होइन भन्दै कृष्णप्रसाद भट्टराईलाई अगाडि सारिदिए तर आज तिनकै छोरा प्रकाशमान सिंह त्यही मन्त्री पद पाउने शर्तमा पार्टीको गरिमामय सर्वोच्च पद सभापतिको निर्वाचनमा यथास्थितिवादी प्रवृत्तिलाई समर्थन गरे । नेपाली काङ्ग्रेसका गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार खसाल्ने शेरबहादुर देउवालाई आज त्यही कोइरालाका भतिजाले मन्त्री पदको लागि सभापति पदका उम्मेदवार देउवासँग बार्गेनिङ गरेर आप्mनो कोइराला बन्धुको पिठ्यूँमा छुरा धसेका छन् ।

यसरी घात–प्रतिघातका खेलहरूमा नेपाली नेताहरू देशको स्वार्थमा वा विकासका लागि गरेका होइनन् कि उनीहरू व्यक्तिगत लाभका लागि पार्टीभित्रको आन्तरिक समीकरण बदलेका छन् । यस्तो छैन कि नेपाली काङ्ग्रेसभित्र नेताहरूको अवस्था पद र पैसामुखी मात्रै छ बरू नेपाल कम्युनिस्ट पार्टीको मूलधारको रूपमा परिचित नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सबै कम्युनिस्ट पार्टी जो संसदीय राजनीतिमा सक्रिय छन्, तिनीहरू सबैको प्रमुख नेतृत्वदायी तहसम्ममा पद र पैसाप्रति आकर्षण त्यतिकै बढ्दा र खतरनाक अवस्थामा रहेको कुरा पटक–पटक देखिएको छ ।

झन्डै दुई तिहाइको मतबाट जितेका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले+नेकपा माओवादी केन्द्र)को सरकार पार्टीका अध्यक्षद्वय खड्गप्रसाद शर्मा ओली तथा पुष्पकमल दाहाललगायत पदका लोभीपापी माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे आदिहरूले आप्mनै एकमना सरकार ढालेर संसद्मा नाङ्गो नाच प्रदर्शन गरेका थिए ।

यतिबेला हाम्रो देशमा कुनै पनि यस्तो निकाय छैन, जो स्वतन्त्र होस् । औपचारिकरूपमा जेजस्तो लेखिए वा भनिए पनि वास्तवमा सर्वत्र राजनीतिक दलहरूले भागबन्डा लगाएका छन् । आआप्mनो हैसियत अनुसार सबै क्षेत्र, सेवा, निकाय, सङ्काय आदिमा राजनीतिक दलहरूले आफूखुशी आप्mना मान्छे राखेका छन् । यसको अपवाद कुनै क्षेत्र छैन । अब यस्तोमा प्रश्न उठ्छ के यस्ता स्वार्थी नेताहरूबाट देशको विकास सम्भव छ ? अथवा के यिनीहरू देशको समृद्धिका लागि रातदिन मरिमेटेर खट्लान् ?

दुवै प्रश्नको उत्तर एउटै छ, कदापि होइन । यतिबेला हामीसँग २००७ सालको आन्दोलनमा त्याग, बलिदान गर्ने नेता, कार्यकर्ताको अभाव भएपनि २०४६ र २०६२/६३ सालको आन्दोलनमा लाग्ने तथा २०५२ सालदेखि दश वर्ष लगातार विद्रोह गर्ने नेता, कार्यकर्ताको कुनै कमी छैन । प्रत्येक गाउँ, वडा, झापा आन्दोलनदेखि माओवादी विद्रोहसम्मका नेता, कार्यकर्ताहरू पर्याप्त मात्रामा भेटिन्छन् । तर आजसम्म मुलुकले काँचुली फेर्न नसकेको कारण के हो ? यसतर्पm समेत विचार पु¥याउन जरूरी छ ।

२००७ सालको आन्दोलनमा प्रमुख भूमिका खेल्ने नेपाली काङ्ग्रेस, २०४५/४६ सालको आन्दोलनमा प्रमुख भूमिका खेल्ने नेपाल कम्युनिस्ट पार्टी मालेको अगुवाईमा संयुक्त वाम मोर्चा तथा नेपाली काङ्ग्रेस तथा गणतन्त्र ल्याउन महŒवपूर्ण भूमिका खेल्ने नेकपा माओवादी २०४५ देखि २०७८ सम्म आइपुग्दा पटक–पटक यिनीहरू सत्तामा गए । प्रत्येक चोटी जनतालाई चुनावमा मीठो सपना बाँडे । आकर्षक चुनावी घोषणापत्र देखाए तर जितिसकेपछि कहिले गाउँ फर्केर कोही पनि गएनन्, जनताको हालखबर बुझ्न । गाउँगाउँमा कार्यकर्ताहरू काङ्ग्रेस, एमाले, राप्रपा र माओवादी भन्दै ‘म राम्रो, तँ खराब’, ‘म महान्, तँ फटाहा’ भनेर टाउको फोडाफोड तथा पानी बाराबार गरिरहे ।

यता काठमाडौंमा सबै पार्टीका प्रमुख नेताहरू आआप्mनो व्यक्तिगत स्वार्थसिद्ध गर्न घाँटी जोडिरहे । कसैले कसैको छोरीलाई जिताउन कुनै कार्यकर्ताको लगानीको हत्या गरे भने कसैले आफू माथि जान स्वयम् आफैंले निर्माण गरेको पार्टीको आत्महत्या गरे ।

यस्ता व्यक्तिगत हित हुने घिनलाग्दा सहमति सम्झौतापश्चात् बनेका सरकारले आखिर के गरे ? देशको विकास र समृद्धिको नक्शा कोरेर त्यसलाई कार्यान्वयन गर्ने दिशामा अगाडि बढे त ? पक्कै पनि कोही पनि बढेनन् । सबैले कसरी रातारात करोडपति बन्ने त्यसैको जोहो गर्ने काममा लागिपरे ।

अर्कोतिर स्वभावैले एकअर्काको खुट्टा तानातान गर्नमा नै सम्पूर्ण समय व्यतीत गरे । जबसम्म देशमा व्यक्तिगत स्वार्थको राजनीतिलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने संस्कार र संस्थागत प्रवृत्ति कायम रहन्छ, तबसम्म राजनीति यस्तो पेशा भइरहन्छ, जसमा नेताहरूको दिन दुई गुना रात चौगुना विकास हुन्छ र देश दिन प्रतिदिन कङ्गाल भइरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here