राधेश्याम पटेल, वीरगंज, १ पुस/

विवादित वीरगंज महानगर–२ को छपकैया छठघाट पोखरीको जग्गामा फेरि काम शुरू भएको छ । चाँडै सो जग्गाको चार किला छुट्याइ पर्खाल लगाउने योजना रहेको बुझिएको छ ।

चार दिनअघि छठघाट पोखरी आफ्नो भनेर दाबी गर्दै आएका स्व प्रमोदविक्रम शाहका छोरा प्रफुल्ल विक्रम शाह र बुहारी पूजा राणा शाहले जग्गामा आफ्नो स्वामित्व कायम गर्न नापी टोलीसहित स्थानीय अलि असगर ठकुराईको कित्ता नं ३ को ५ धुर जग्गा छुट्याउन पुग्दा गाउँलेहरूको भेला भएको थियो । सोही सन्दर्भमा कुराकानी गर्दा जग्गाको अहिले चार किला छुट्याउने काम शुरू भएको चाँडै सबै जग्गा छुट्याएर पर्खाल लगाउने सो जग्गाको कारोबार हेर्दै आएका मुकुल विक्रम शाहले बताए ।

उनले साबिक रैती नं २२ हाल कित्ता नं २१३ को एक बिघा र रैती नं ११ र हाल कित्ता नं ११० को दुई बिघा आठ कट्ठा गरी कुल तीन बिघा आठ कट्ठा जग्गा रहेकोमा नयाँ नापीमा ३ बिघा १ कट्ठा जग्गा कायम देखिएको र सोही अनुसार जग्गामा स्वामित्व कायम गर्ने बताए । सात कट्ठा जग्गा त्यति बेला नै अतिक्रमण गरेर स्थानीयले घर बनाइ पुर्जासमेत बनाइसकेका छन्। बाँकी ६१ कट्ठा जग्गामध्ये दुई कट्ठा इदगाहको लागि र सात कट्ठा छपकैया छठघाटको लागि छुट्याइएको छ । जग्गाधनीहरूले सार्वजनिक प्रयोजनको लागि काम लाग्ने इदगाह र छठघाट सौन्दर्यीकरणको लागि करीब ८० लाख रुपैयाँ खर्च गर्ने योजना बनाएका छन् ।

२०७१ सालमा हालका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले २५ वर्षदेखि विवादित छपकैया छठघाट पोखरी स्व शाहको हकमा फैसला सुनाएका थिए । जग्गाको स्वामित्वलाई लिएर तत्कालीन वीरगंज नगरपालिकाले २०५१ सालमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोको फैसला २०५२ पुस १७ गते स्व शाहको पक्षमा भएको थियो । पर्सा जिल्ला अदालतका तत्कालीन न्यायाधीश गिरिशकुमार कर्णले फैसला गरेका थिए ।

पैmसलाविरुद्ध वीरगंज नगरपालिकाले २०५३ सालमा तत्कालीन पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन गरेको थियो । २०५४ सालमा तत्कालीन न्यायाधीशद्वय मीनबहादुर रायमाझी र गोविन्दकुमार श्रेष्ठको संयुक्त इजलासले असोज २२ गते स्व शाहकै पक्षमा पैmसला सुनाएको थियो । तत्पश्चात् २०५५ सालमा नगरपालिका सर्वोच्च गयो । २०५६ असोज ५ गते सर्वोच्चका न्यायाधीश कृष्णकुमार वर्मा र भैरवप्रसाद लम्सालको संयुक्त इजलासले स्व शाहको पक्षमा फैसला गरेपछि नगरपालिकाका कर्मचारी रामदयाल यादव र शिवसेना पार्टी, पर्साका वीरगंज नगरकमिटी अध्यक्ष हरिशङ्करलाल कर्णले छठघाट पोखरी सार्वजनिक हुनुपर्ने भन्दै पर्सा जिल्ला अदालतमा २०५७ सालमा मुद्दा दायर गरेका थिए ।

त्यति बेला पनि जिल्ला अदालतले स्व शाहकै पक्षमा पैmसला ग¥यो । त्यसपछि उनीहरू पनि पुनरावेदन अदालत गए र यसपटक भने स्व शाहको विपक्षमा फैसला भयो । त्यसपछि स्व शाह सर्वोच्चमा पुगे र २०७१ भदौ ८ गते न्यायाधीशद्वय दीपकराज गिरी र हालका बहालवाला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पुनरावेदनको पैmसला बदर गर्दै जिल्लाकै पैmसलालाई सदर ग¥यो ।

नगरपालिकाका कर्मचारी यादवले त्यस बेला तारिख गुजारेकाले स्व शाहको पक्षमा फैसला आएको कुरा पनि त्यत्ति बेला चर्चामा थियो । यादवले सो मुद्दा नगरपालिकाको तर्फबाट नभई एउटा सर्वसाधारण व्यक्तिको रूपमा दिएकाले उनले तारिख गुजार्दा कारबाईमा परेनन् । त्यसपछि छपकैया–२ का जफर अन्सारीलगायतको समूहले सर्वोच्चमा मुद्दा दिएका थिए । सो मुद्दासम्बन्धी अहिले खुलासा भएको छैन ।

दुई कित्ता जग्गाबाट अहिले दशजना जग्गाधनी

छपकैया छठघाट पोखरीको स्वामित्व सम्बन्धमा पर्सा जिल्ला अदालतबाट पहिलोचोटि आफ्नो हकमा फैसला आउना साथ स्व शाहले २०४७ सालमा मालपोत कार्यालय, पर्साबाट सातजनालाई जग्गा बिक्री गरेका थिए ।

नातेदार अशोक बम मल्लकी पत्नी प्रतिभा बम मल्लको नाममा चार कट्ठा १५ धुर, स्व शाहका माइला भाइ अशोकविक्रम शाहकी पत्नी रोजलिन राणा शाहको नाममा तीन कट्ठा, कान्छा भाइ स्व पवन विक्रम शाहकी पत्नी जुगनु विक्रम शाहको नाममा दुई कट्ठा, बहिनी उषा राणाको नाममा दुई कट्ठा, वीरगंज–१ कै विमला कर्णको नाममा दुई कट्ठा ५ धुर, पर्साका धु्रव गुप्ताकी पत्नी रीता गुप्ताको नाममा एक कट्ठा चार धुर, जनकपुरकी चन्द्रकला केवटको नाममा १५ धुर गरी १२ कट्ठा जग्गा नामसारी गरिदिएका थिए । त्यसपछि सप्तरी कल्याणपुरकी सावित्रीदेवी महासेठलाई साढे तीन कट्ठा र सिराहाका राजदेव साह सुढीलाई साढे ११ कट्ठा गरी कुल १५ कट्ठा जग्गा २०७२ फागुन २१ गते नामसारी गरेको देखिएको छ ।

अहिले करीब १० जनाभन्दा बढी जग्गाधनी ६१ कट्ठा जग्गाको जग्गाधनी बनिसकेका छन् । कुल ६१ कट्ठा जग्गामा ९ कट्ठा जग्गा (इदगाह र छठघाट पोखरी), १२ कट्ठा पहिले नामसारी भएको र १५ कट्ठा छ वर्षअगाडि नामसारी भएको गरी ३६ कट्ठा जग्गा नामसारी भइसकेको छ ।

शाहको मृत्युपछि कान्छा छोरा प्रफुल्ल विक्रम शाहको नाममा अहिले १५ कट्ठा जग्गा नामसारी भएर आएको छ । पछिल्लो समयमा यो जग्गामा माटो पुर्ने काम सम्पन्न भएको छ र पुराना मानिसहरूबीचको सहकार्य पनि टुटेको छ । सार्वजनिक जग्गाको विवाद सर्वाेच्चले टुङ्ग्याएर व्यक्तिविशेषको नाममा फैसला गरेपछि आधा दशकअघि माटो पुर्ने र जग्गा कब्जा गर्ने कार्य शुरू भएको हो । माटो पुर्ने काम सम्पन्न भएको आधा दशकपछि अहिले सो स्थानमा स्व शाहका कान्छा छोराले नापीबाट जग्गा छुट्याएर अपार्टमेन्ट, मल, हस्पिटलगायतका निर्माण योजना बनाएको बुझिन आएको छ ।

स्थानीयको विरोध
छपकैया छठघाट पोखरी स्व शाहलगायत उनका नातेदार र विभिन्न व्यक्तिको नाममा दर्ता भए तापनि वर्षाैंदेखि सार्वजनिक पोखरी रहेको भन्दै छपकैयाका स्थानीय बासिन्दा बताउँछन् । स्थानीय शेख लालबाबूले आफ्नो बुबाबाजेको पालादेखि सार्वजनिक पोखरी भएको र विद्यार्थी हुँदा नगरपालिकाले माछा पाल्ने गरेको तर २०४७ सालपछि उक्त जग्गा स्व शाहको नाममा गएको सुनेपछि आश्चर्यचकित भएको बताए ।

विरोध कार्यक्रमहरू साम्य

छपकैया छठघाट पोखरी सार्वजनिक हुनुपर्ने मागसहित लामो समयसम्म स्थानीयले विरोध गरेका थिए । विभिन्न चरणमा गरिएको विरोधका कारण अहिलेसम्म सो जग्गा दर्ता गराउन सफल भएका व्यक्तिहरूले आफ्नो स्वामित्व कायम गर्न सकेका थिएनन् ।

तर माटो पुर्नेलगायतका काम सम्पन्न हँुदा पनि स्थानीयसहित यस कार्यको विरोध गर्दै आएका हिन्दुवादी संस्थाहरू अहिले चुप लागेर बस्नुमा आर्थिक लाभ लिएको चर्चा गर्छन्, केही स्थानीय । कुनै पनि हालतमा सार्वजनिक गरी छाड्ने कुरा अहिले कसैको मुखबाट निस्कन सकेको छैन ।

अझ यो सार्वजनिक छठघाट पोखरीलाई वैधानिकता प्रदान गर्न विभिन्न राजनीतिक दलका नेताहरूको संलग्नता भएपछि उनीहरूनजीकका कार्यकताहरू पनि चुप बसेका छन् । यसअघि स्वस्फूर्तरूपमा विरोध कार्यक्रम गर्नेहरू अहिले यो पोखरीको बारेमा केही सुन्ने, बोल्ने पक्षमा देखिएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here