प्रस, रक्सौल, १ पुस/

बैंकलाई निजीकरण गर्ने भारत सरकारको निर्णयविरुद्ध रक्सौल युनाइटेड फोरम अफ बैंक युनियन्सको आह्वानमा बिहीवारदेखि दुई दिने हडताल शुरू भएको छ ।

पुस १ र २ गते अर्थात् डिसेम्बर १६–१७ तारिख दुई दिने हडतालमा उत्रने रक्सौलका बैंकहरूले सरकार निजीकरण अभियानबाट पछाडि नहटे अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएका छन् । रक्सौलको बैंक अफ इन्डियालगायत सबैखाले बैंक आज र भोलि बन्द हुनेछन् । यो क्रममा सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति रक्सौल युनाइटेड फोरम अफ बैंक युनियन्सले क्षमा मागेको छ ।

बैंक अफ इन्डियाका शाखा प्रबन्धक नरेन्द्रकुमार गुप्ता, ऋण अधिकृत रविरञ्जन सिंह, प्रशासनिक अधिकारी स्मृति सुमन, लिपिक सुरभि जयसवालसहितका कर्मचारीहरू प्लेकार्ड लिएर बैंकअगाडि प्रदर्शन गरेका थिए । उनीहरूले सरकारले ल्याएको बैंकिङ एमेन्डमेन्ट बिल फिर्ता लिनुपर्ने माग राखेका छन् । बिल फिर्ता नभएको खण्डमा हडताल जारी राख्ने उनीहरूले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here