ढाका, १ पुस/एएनआई

भारतका राष्ट्रपति रामनाथ कोविन्द बिहीवार ढाकाको राष्ट्रिय परेड मैदानमा बङ्गलादेशको विजय दिवस समारोहका सम्मानित अतिथिको रूपमा सरिक भई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमीदसहित विजय दिवसको राष्ट्रिय कार्यक्रम शुरू भएसँगै परेड अवलोकन गरेका छन् ।

सन् १९७१ को युद्धमा पाकिस्तानमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा बङ्गलादेशमा आज ५० औं वार्षिकोत्सव मनाइँदैछ । राष्ट्रपति कोविन्द डिसेम्बर १५ देखि १७ सम्म बङ्गलादेशको तीन दिने भ्रमणमा छन् । बुधवार ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति कोविन्दलाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमीदले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here