प्रस वीरगज,२३ मङ्सिर/
पोखरियादेखी लङ्गडीसम्म कालोपत्रको काम शुरु भएको छ । प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको काम भएको लामो समयपछि कालोपत्र शुरु भएको हो ।
सडक बनाउने क्रममा लामो समयसम्म साइड क्लियर गर्न समय लागेको थियो ।
यो क्रममा गर्मियाममा धुलो र वर्षायाममा हिलो हुँदा मानिसहरुको आवागमनमा समस्या हुने गरेको थियो । अहिले पोखरीया, लङ्गडी, मिर्जापुर, टिहुँकी चारगाहा, जयमङ्गलापुर भिस्वा र सबैठवासम्म रिङ्गरोडको अवधारणा अनुसार सडक कालोपत्र गर्ने काम भैरहेको छ ।
यसअघि यो सडक खण्डको काम केहि दिनका लागि रोकिएको थियो । तर अहिले पुनः सुचारु गरिएको ठेकदार तथा प्रदेशसभा सदस्य सिंहासनप्रसाद कलवारले बताए । उनले पहिलोचरणमा पोखरियादेखी हरिहरपुरसम्म कालोपत्र गर्ने योजना रहेको र सोहीअनुरुप काम शुरु गरिएको बताए ।
ठेकदार कलवारले जाडोयाममा कालोपत्रको काम गुणस्तरिय नहुने भएकोले दोश्रोचरणको काम जाडोयामपछि शुरु हुने बताए । उनले साइड क्लियर नभएकोले सडकखण्डको काम ढिला भएपनि चालु आवमा काम पुरा गर्ने बताएका छन । ठेकदार कलवारले भने–साइड क्लियर भैसकेको छ अब काममा ढिला हुँदैन र यसैवर्षमा काम सम्पन्न गरिन्छ ।