रियो दि जेनेरियो, २३ मङ्सिर/एएनआई/सिन्ह्वा

ब्रजीलका फूटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन् ।
८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए । साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ ।

सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महीना आफूलाई ‘हरेक दिन राम्रो’ भइरहेको महसूस गरेको बताएका थिए । चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए ।

तीनपटकको विश्वकप विजेता सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिकरूपमा विरलै देखा पर्ने गरेका छन् । उनी प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन् ।

गत वर्ष पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण ‘एक प्रकारको डिप्रेशन’सँग लडिरहेको बताएका थिए । पेलेले २१ वर्षको व्यावसायिक करियरमा १,३६३ खेलमा १,२८१ गोलको विश्व रेकर्ड बनाएका छन् ।

उनले ब्रजीलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रिय स्तरको गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here