नयाँ दिल्ली, २३ मङ्सिर/सिन्ह्वा
भारतमा हिजो बुधवार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कुल सङ्क्रमित सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।
बुधवार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कुल मृतक सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ । भारतमा अझै पनि ९४ हजार ७४२ जना सक्रिय सङ्क्रमित रहेको समाचारमा जनाइएको छ ।
गएको २४ घण्टामा भारतमा आठ हजार २५१ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ४० लाख ९७ हजार ३८८ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । रासस