प्रस, वीरगंज, १९ मङ्सिर/
हरेक वर्षको डिसेम्बर ५ का दिन मनाइने विश्व स्वयंसेवक दिवस वीरगंजमा पनि मनाइएको छ।
भोलेन्टियर समूह वीरगंजको आयोजनामा ग्लोबल बिजनेस कलेजमा दिवस मनाइएको हो । कार्यक्रममा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसबारे विद्यार्थीहरूसँग अन्तत्र्रिmया गरिएको भोलेन्टियर समूहका संयोजक राजन श्रीवास्तवले बताए ।
कार्यक्रमका प्रमुख अतिथि डा नीरज सिंहले नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा सहभागी विद्यार्थीहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा बालरोग विशेषज्ञ डा अशोक दासले रोगले उमेर चिन्दैन, रोग जसलाई पनि हुन सक्ने र रोग लाग्नुभन्दा बच्ने उपायबारे केन्द्रित हुन सुझाएका थिए ।
कार्यक्रममा समूहका सदस्य अनिशकान्त कुशवाहा, कलेजकी सञ्चालिका निभा दास, अशोक सर्राफ, मानवसेवा आश्रम प्रदेश २ का संयोजक देवेश गुप्ता, हन्डे«ड ग्रुपका विक्की गुप्ता, चित्रांस युवा समितिका रितिक श्रीवास्तवलगायतको सहभागिता थियो ।