प्रस, वीरगंज, १८ मङ्सिर/
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको अध्यक्षतामा सङ्घको सभाकक्षमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसँग अन्तत्र्रिmया भएको छ ।
शनिवार आयोजित अन्तक्र्रियामा सङ्घका अध्यक्ष गुप्ताले नेपालमा विद्युत्को प्रतियुनिट मूल्य दक्षिण एशियाका अन्य मुलुकभन्दा बढी भएको, वर्षौं पुराना विद्युत् पूर्वाधारलाई परिमार्जन गर्नुपर्ने, विद्युत्का पुराना भौतिक पूर्वाधारले यस क्षेत्रको औद्योगिकीकरणको गतिलाई अवरुद्ध गरेको, गुणस्तरीय विद्युत् आपूर्तिको अभाव, समय–समयमा ट्रिपिङले समस्या सिर्जना गरिरहेकाले शीघ्र व्यवस्थापन गर्न आग्रह गरे ।
उनले ट्रान्समिशन लाइनहरूको मर्मत सम्भार र नयाँ ट्रान्समिशन लाइन जडान गर्न कार्यकारी निर्देशक घिसिड्ढो ध्यानाकर्षण पनि गराए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गुणस्तरीय विद्युत् आपूर्तिका लागि आवश्यक पूर्वाधार, ट्रFन्समिशन लाइन ३३ केभिए लाइनलाई १३२ केभिएमा परिवर्तन गर्ने र विद्युत्को माग भएबमोजिम विद्युत् सप्लाई गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले मुलुकमा ६० प्रतिशत विद्युत् आपूर्तिलाई ९० प्रतिशतमा पु¥याउने बताउँदै अहिले पनि कतिपय ठाउँमा २४सैं घण्टा लोडसेडिङ रहेको बताए । उनले त्यस्ता ठाउँमा विद्युत आपूर्ति गर्ने नेपाल विद्युत् प्राधिकरणलाई चुनौती रहेको बताए ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद व्यक्त गरेका थिए भने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार केडिया, उपाध्यक्ष माधव राजपाल, नेपाल विद्युत् प्राधिकरण प्रदेश नं २ प्रमुख, नेपाल विद्युत् प्राधिकरण वीरगंजका प्रमुखलगायतको सहभागिता थियो ।