प्रस, वीरगंज, १६ मङ्सिर/

सांसद प्रदीप यादवले वीरगंजको इटियाहीमा ढलान गरिएको सडकको बिहीवार उद्घाटन गरेका छन् । लामो समयदेखि अलपत्र रहेको वीरगंज महानगरपालिका–२३ इटियाहीको दलित बस्तीमा सांसद यादवको संसदीय विकास कोषबाट रु १० लाखको लागतमा ढलान सडक र नाला निर्माण भएको हो ।

सो अवसरमा सांसद यादवले विकास निर्माणको कार्यलाई अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाए । गाउँको आर्थिक, सामाजिक रूपान्तरणको लागि सडक र नालाको विकास अनिवार्य रहेको उनले बताए । व्यवस्थित सडक र नाला निर्माण भएसँगै स्थानीयले केही लगानी गरी आयमूलक कार्य गर्न सक्ने सांसद यादवले विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here