प्रस, जीतपुर, १६ मङ्सिर/

ग्रास रूट फाउन्डेशनको आयोजनामा बिहीवारदेखि सिमरामा जारी अन्तर विद्यालय फूटबल प्रतियोगिताको उद्घाटन खेलमा नेरामावि फत्तेपुर विजयी भएको छ । उद्घाटन खेलमा नेरामावि फत्तेपुरले सेन्ट जोन्स एकेडेमीलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको थियो ।

फत्तेपुरको जीतमा आदेश चौधरी र अनिश चौधरीले १/१ गोल गरेका थिए । खेलको पहिलो हाफसम्म बराबरीमा भएपनि अनिस चौधरीले ६५औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । आजको खेलको म्यान अफ दी म्याच आशिष राय घोषित भए । शुक्रवारदेखि प्रतियोगितामा दुईवटा खेल हुने आयोजक टीमले जनाएको छ ।

पहिलो खेल एक्स सर्भिसमेन एकेडेमी र नेरामावि औराहाबीच हुनेछ भने दोस्रो खेल लोटस एकेडेमी र सेन्ट अल्फोन्साज इङ्ग्लिश स्कूलबीच हुने प्रतियोगिताका संयोजक सोनु क्षेत्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here