मोगादिसु, १६ मङ्सिर/सिन्ह्वा
पहिले–पहिले एचआइभी/एड्स निकै बढ्दो क्रममा रहेको सोमालियामा अहिले भने एड्सको सङ्क्रमण घटेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । ती विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरूका अनुसार यहाँ पछिल्ला १४ वर्षमा एड्सको सङ्क्रमण दिन प्रतिदिन घट्दै गएको पाइएको छ ।
१४ वर्ष अघि निकै जोखिमको अवस्थामा रहेको सोमालियाको, विशेषगरी उत्तरी क्षेत्र गारोए र बोसासामा पनि अहिले एड्सको सङ्क्रमण दरमा निकै कमी आएको पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका सोमालियाका लागि प्रतिनिधि माउमर रहमानले समयमैं परीक्षण गराउने, एड्सको सङ्क्रमण देखिएपछि औषधि उपचार थाल्दा यसको सङ्क्रमण घट्दै जाने देखिएको बताएका छन् ।
यही डिसेम्बर १ मा आयोजना गरिने विश्व एड्स दिवसका अवसरमा विश्व स्वास्थ्य सङ्गठनद्वारा सो तथ्याङ्क अघि सारिएको छ । सो सङ्गठनले पछिल्ला वर्षहरूमा अफ्रिकी देशहरूमा समेत एड्सको सङ्क्रमण दर घट्दै गएको पनि देखिएको बताइएको छ ।