लस एन्जलस, १६ मङ्सिर/सिन्ह्वा

पछिल्लोपटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले यो नयाँ भेरियन्ट बुधवार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको भनी दिएको समाचार विभिन्न विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एकजना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरूले बुधवार बताएका हुन् । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सिटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनले क्यालिफोर्नियामा बुधवार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो सङ्क्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ । अघिल्लो हप्ता दक्षिण अफ्रिकामा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौं देशमा भेटिइसकेको छ । एएनआई/स्पुतनिकले दिएको समाचारमा पनि कोभिड–१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापूमा पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएको जानकारी दिएका छन् ।

सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षणमार्फत इmष्अचयल क्ब्च्क्–ऋयख्–द्द स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापू सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ । यस अघि दुईवटा केस म्याड्रिडमा पुष्टि भएको थियो ।

तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकी यात्रुहरूमा पत्ता लागेको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here