प्रस, वीरगंज, १५ मङ्सिर/
नेपाली काङ्ग्रेस, पर्साका तीनवटा क्षेत्रमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन बुधवार भएको छ । नेका जिल्ला कार्यसमिति, पर्साका सचिव श्याम पटेलले पर्सा क्षेत्र नं १, २ र ३ मा बुधवार निर्वाचन भएको र सोको परिणाम अबेर राति अथवा बिहीवार आउने बताए ।
सर्वसम्मति हुन नसकेपछि तीनवटा क्षेत्रमा निर्वाचन गरिएको र क्षेत्र नं ४ मा मङ्गलवार नै सर्वसम्मतिबाट क्षेत्रीय सभापति चयन भएको उनले बताए । पर्सा क्षेत्र नं १ मा विजय सर्राफ, अरविन्द गुप्ता, रामबाबू कुर्मी, क्षेत्र नं २ मा वैकुण्ठ श्रीवास्तव, महम्मद सहाबुद्दीन र क्षेत्र नं ३ मा श्रीकृष्ण चौहान र भगवतीप्रसाद चौधरी क्षेत्रीय सभापतिका उम्मेदवार छन् ।