प्रस, परवानीपुर, १४ मङ्सिर/

श्रीसिया सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्न ठेक्का पाएको प्रिस्टिन भ्याली प्रालिले पनि आफ्नो निजी कार्गो रेल नेपाल भिœयाएको छ ।

मङ्गलवार मध्याह्न १२ बजे कोलकाताबाट आएको रेल सुक्खा बन्दरगाह भित्रिएको हो । नेपाली आयातकर्ताहरूको स्पेयर पाट्र्स तथा टे«डिड्ढा सामान बोकेर पहिलोपटक नेपाल आएको प्रिस्टिनको उक्त रेल चालीस घण्टा पहिले कोलकातास्थित श्यामा मुखर्जी पोर्टबाट हिंडेको थियो। तीन महीनाअघि नेपाल–भारत सरकारबीच भएको रेलवे सर्भिस एग्रिमेन्ट (आरएसए) अन्तर्गत भारतका विभिन्न बन्दरगाहबाट निजी कार्गो रेल आउन थालेका हुन् ।

यसअघि, निजी कम्पनी हिन्द टर्मिनलकै निजी कार्गो रेल मालवस्तु लिएर सुक्खा बन्दरगाहमा आउँदैछ । अहिले हिन्दको सातामा दुईपटक कार्गो रेल आइरहेको छ भने प्रिस्टिनले पनि सातामा दुईपटक रेल ल्याउने योजना बनाइरहेको प्रिस्टिन भ्यालीका अपरेशन हेड अतुल शर्माले बताए । उनका अनुसार प्रिस्टिन मेगा लजिस्टिकले कार्गो रेल सञ्चालन गर्दै आएको र आफ्नै कम्पनीको निजी कार्गो रेलबाट बन्दरगाहसम्मको ढुवानी सेवा शुरू गरेकोमा खुशी व्यक्त गरे ।

अर्को रेल पनि विशाखापट्टनम बन्दरगाहबाट बुधवार साँझसम्म वीरगंज आइपुग्ने बताइएको छ। आरएसए नहुँदासम्म भारतीय रेलको भगिनी संस्था कोंकणले मात्र एकलौटीरूपमा मालसामान ढुवानी गर्दै आएको थियो । उसले मनपरी भाडा पनि असुल्दै आएको गुनासो बढ्दै गएपछि नेपाल–भारतका निजी कार्गो रेलले ढुवानी गर्न पाउनुपर्ने माग उठेको थियो ।

निजी कम्पनीको कार्गो रेल आउन थालेपछि ढुवानी भाडा कम्तीमा २५ प्रतिशत घटेको प्रिस्टिन भ्यालीका अधिकारीको भनाइ छ ।

नेपालका भन्सार कार्यालयहरूको व्यवस्थापन हेर्ने वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडेल यातायात विकास समिति, वीरगंजका प्रमुख कमल ज्ञवालीका अनुसार प्रिस्टिनको रेल आगमनले आगामी दिनमा ढुवानी भाडा घट्ने र नेपाली व्यवसायीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

डेढ वर्षअगाडि प्रिस्टिन लजिस्टिक, दिल्लीले नेपाली साझेदार कम्पनी भ्याली कम्पनीसँग मिलेर पाँच वर्षको लागि रु तीन अर्ब ३३ करोडमा ठेक्का लिएको थियो ।

इन्डियाकै फास्टेस्ट ग्रोइङ लजिस्टिक कम्पनीको रूपमा प्रिस्टिन लजिस्टिक चिनिंदै गएको छ । यसले भारतका विभिन्न बन्दरगाह सञ्चालन र कार्गो रेलसेवा दिंदै आएको प्रिस्टिनका कमर्शियल हेड विकाश शर्माले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here