कोलम्बो, १४ मङ्सिर/सिन्ह्वा

श्रीलङ्कामा यस वर्षको शुरूदेखि अहिलेसम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेको बताइएको छ । प्राप्त समाचारमा यहाँ यस वर्षको अहिलेसम्म १ लाख १ हजारभन्दा केही बढी पर्यटक पुगेका छन् । यहाँका अधिकारीहरूले दिएको समाचार अनुसार श्रीलङ्कामा यस वर्ष बिस्तारै विदेशी पर्यटकहरू बढ्न थालेका छन् । कोभिड–१९ का कारणले यहाँ पर्यटकहरू नपुगेको बताइएको छ ।

तर यो नोभेम्बर महीनामा मात्र यहाँ ४१ हजार १७७ जना पर्यटक पुगेका छन् । योसमेत गरी यहाँ यस वर्ष पुगेका पर्यटकको सङ्ख्या एक लाख नाघेको हो । यहाँ आएका यी पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट मात्र यहाँ धेरै पर्यटक आउने गरेकामा अहिले पछिल्लो समयमा कोभिडका कारण यहाँको सिङ्गो पर्यटन उद्योग नै प्रभावित भएको छ ।

श्रीलङ्काका ४० लाखभन्दा बढी मानिस पर्यटन उद्योगमा आश्रित रहेका छन् । यसबाट यहाँका बहुसङ्ख्यक मानिस लाभान्वित हुने गरेकामा अहिले कोभिडले गर्दा धेरै समस्या भएको बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here