प्रस, वीरगंज, ११ मङ्सिर/
नेकपा माओवादी केन्द्रको वीरगंज महानगर कमिटी विवादित अवस्थामा दुईजनाको अध्यक्षतामा गठन भएको छ । शनिवार नगर अधिवेशनमा एकातर्फको अध्यक्षरहबर अन्सारी घोषित भए भने अर्कोतर्फबाट सब्बा अन्सारीको अध्यक्षतामा समानान्तर कमिटी गठन भएको छ ।

रहबर अन्सारीको अध्यक्षतामा टाउन हलमा सम्पन्न अधिवेशनले कमिटी गठन गरेको थियो भने सब्बा अन्सारीको अध्यक्षतामा मुर्लीमा आयोजित अधिवेशनले कमिटी गठन गरेको थियो।

वरिगंज महागरका दुई स्थानमा सम्पन्न अधिवेशनबाट निर्वाचित दुईजना अन्सारीमध्ये कसले वैधानिकता पाउने अहिले अन्योलग्रस्त छ । जबकि दुवै कमिटीले आफूहरू वैधानिक भएको दाबी गर्दै आएका छन् ।

प्रस, सेढवा/

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को शनिवार जीराभवानी गाउँपालिकामा सम्मेलन भएको छ ।

वडा नं ३ नौकाटोलामा दिनानाथप्रसाद महतोको सभापतित्व तथा जिल्ला इन्चार्ज विजय महतो थारूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा सचिव बालेश्वरप्रसाद थारू, जयनारायण गौरो, रामाकान्त चौधरी, जीतेन्द्र बछारले मन्तव्य व्यक्त गरेका थिए ।

प्रस, ठोरी/

नेकपा माओवादी केन्द्र ठोरी गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । ठोरी गापा–४, आठघरेमा सम्पन्न अधिवेशनको अध्यक्ष पद्मलाल श्रेष्ठले उद्घाटन गरेका थिए ।

शनिवार आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले राजनीति गर्नु पैसा कमाउनका लागि नभई जनसेवाको लागि भएको जिकिर गरे । उत्पीडित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने पार्टी माओवादी भएकोले आफ्नो ध्यान सधैं उत्पीडित र पछाडि पारिएका समुदायको उत्थानका लागि हुने अध्यक्ष श्रेष्ठको भनाइ थियो । ठोरीको अवस्था अन्य ठाउँभन्दा फरक रहेकोले आफू नेतृत्वको स्थानीय सरकारले गरेको विकासकै कारण फेरि पनि जीत सुनिश्चित भएको ठोकुवा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here