प्रस, स्रिमौनगढ, ११ मङ्सिर/

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री फरमुल्ला मन्सुरले विगतको कम्युनिस्ट सरकारले देशको अर्थव्यवस्था तहसनहस पारेको आरोप लगाएका छन् ।

सिम्रौनगढ नगरपालिकास्थित नेपाली काङ्ग्रेसद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि मन्सुरले कम्युनिस्ट सरकारले देशको अर्थतन्त्र तहसनहस पारेको र अहिलेको सरकारलाई सो कुराको चुनौती रहेको बताए ।

सिम्रौनगढ–५ मा सम्पन्न अधिवेशनले निवर्तमान अध्यक्ष नागेन्द्रप्रसाद गुप्ताको अध्यक्ष्Fतामा कमिटी गठन गरेको छ ।

कार्यक्रममा क्षेत्रीय सभापति विजयशङ्कर यादव, कोषाध्यक्ष चन्द्रशेखर यादव, महासमिति सदस्य रामनरेश कान्त यादव, उपेन्द्र जयसवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here