चिरञ्जीवी सापकोटा, ठोरी, ९ मङ्सिर/

ठोरीलाई धार्मिक पर्यटन बनाउन र बहुद्देश्यीय मुक्तिधाम निर्माणको लागि आजदेखि श्रीमद्भागवत महापुराण पितृमुक्ति महायज्ञ शुरू भएको छ । ठूटेखोला पुलको उत्तरपट्टि तथा परेवा भिरको पश्चिमपट्टि आयोजना गरिएको महायज्ञको लागि कलशयात्रा निकालिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कथावाचक प्रवीण दीनबन्धु पोखरेलले अखण्ड महादीप प्रज्वलन गरी महायज्ञको उद्घाटन गरे । उनले ठोरीसँग भगवान श्रीरामको नाम जोडिएको हुँदा यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताए ।

चिताघाट निर्माण, गुरूकूल सञ्चालन, वृद्धाश्रमलगायत निर्माण उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा ठोरीवासीलाई पितृमुक्तिको लागि आआफ्नो नाम उच्चारण गराइ पितृमोक्ष गराउन समितिका अध्यक्ष रामबहादुर खड्काले अनुरोध गरे ।

कार्यक्रममा वडाध्यक्ष किशोर तामाङ, सामाजिक अगुवा, सुरक्षाकर्मी, सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता थियो । आजदेखि शुरू भएको महायज्ञ मङ्सिर १६ गतेसम्म सञ्चालन हुने आयोजक समितिका महासचिव प्रकाश खनालले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here