प्रस, वीरगंज, ९ मङ्सिर/

भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई बिहीवार टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरू हस्तान्तरण गरेका छन् ।

आज टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा भारतीय रक्षा सहचरि कर्णेल शर्माले नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई उक्त वर्कशप ट्रक हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा भारतीय रक्षा सहचरि शर्माले कम्प्याक्ट मोबाइल वर्कशपको रूपमा काम गर्ने वर्कशप ट्रकहरूले नेपाली सेनाको सवारी साधनको सहज र निर्वाध कार्यक्षामता सुनिश्चित गर्न महŒवपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालका प्रधान सेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी फर्केपछि यो वर्कशप ट्रक उपहारस्वरूप भारतीय सेनाले नेपाली सेनालाई प्रदान गरेको हो । भारतीय राजदूतावासले भारत सरकारको तर्फबाट भारतीय सेनाले नेपाली सेनालाई अझ सशक्त र आधुनिक बनाउन निरन्तर सहयोग गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here