प्रस, वीरगंज, ८ मङ्सिर/

पर्साको धोबिनी गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अहिले राजनीतिक अखाडा बन्दै गइरहेको अभिभावकहरूको आरोप छ । विद्यालयमा पढाइ कम राजनीति बढी भइरहेको छ ।

विद्यार्थीहरूलाई शिक्षकहरूले नै उचालेर दैनिक गाउँपालिकाको कार्यालय घेराउ गराउने जस्ता कार्यहरू भइरहेको अभिभावकहरूले बताए । यसै क्रममा बुधवार विद्यार्थीहरूको हुलले गापाको कार्यालयमा प्रदर्शन गर्दै तोडफोड र नाराबाजी गरेका थिए । प्रधानाध्यापक रिक्त रहेकामा एक पक्षले ध्रुव रामलाई र अर्को पक्षले उच्च अदालत वीरगंज इजलासको परमादेशबाट विनयप्रसाद कुर्मीलाई निमित्त प्रअ बनाएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

केही दिनअघि करारका मावि शिक्षक राम प्रअ बनेपछि विवाद भएको थियो । हिजो उच्च अदालत वीरगंजको आदेशमा गापाले कुर्मीलाई प्रअको जिम्मेवारी दिएर पठाएपछि विद्यार्थीहरू आज आन्दोलित भएका हुन् । प्रदर्शनको क्रममा राखेका मागबारे प्रमुख प्रकाशकीय अधिकृत राजु साहले गाउँपालिकाबाट निर्णय गराएर सेवा सुविधा प्रवाह गराउने आश्वासन दिएपछि प्रदर्शन रोकिएको थियो । विद्यार्थीहरूले विभिन्न विषयमा विद्यालयले अनधिकृत शुल्क लिएको भन्दै बन्द गर्नुपर्ने माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here