कक्षा ८ उत्तीर्ण छात्राहरूलाई साइकल वितरण

0

प्रस, ठोरी, ८ मङ्सिर/

पर्साको ठोरी गाउँपालिकामा रहेको एकमात्र नमूना माध्यमिक विद्यालय सरस्वती मावि गौतमनगरमा विद्यालय नर्स कार्यक्रम अन्तर्गत प्राथमिक उपचार कक्षको उद्घाटन गरिएको छ ।
यसैगरी, बुधवार नै सो विद्यालयबाट शैक्षिक सत्र २०७७ मा कक्षा ८ उत्तीर्ण छात्राहरूलाई साइकल वितरणसमेत गरिएको छ ।

सो विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुबहादुर गुरुड्ढो अध्यक्षता एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य टेकबहादुर शाक्य (अनजान)को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत कक्षा ८ उत्तीर्ण २३ जना छात्रालाई साइकल वितरण गरिएको प्रधानाध्यापक केशवप्रसाद रेग्मीले जानकारी दिए ।

यस्तै, आज नै कार्यक्रमका प्रमुख अतिथि शाक्य र विशिष्ट अतिथि ठोरी–२ का अध्यक्ष किशोर तामाड्ढो स्वास्थ्य परीक्षण गर्दै विद्यालयमा प्राथमिक उपचार कक्षको सेवा पनि शुरू गरिएको छ।

विद्यालयमा आयोजित कार्यक्रममा सो विद्यालयका पूर्वविद्यार्थी योगेन्द्रराज न्यौपानेले विद्यालयलाई रु २२ हजार २१५ बराबरको ५५ थान पुस्तक हस्तान्तरण गरेका थिए । पुस्तक हस्तान्तरण गरेका पूर्वविद्यार्थी न्यौपानेलाई उनकै आमामार्फत दोसल्ला ओढाएर सम्मान गरिएको प्रअ रेग्मीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि शाक्यले आफू यही ठोरीको धर्तीपुत्र भएकोले सक्दो सहयोग गर्ने वचन दिंदै साइकल वितरण कार्यक्रममार्फत छोरीबेटी शिक्षित भई लैङ्गिक विभेद हटाइ समतामूलक समाज निर्माण हुने विश्वास व्यक्त गरे ।

यसैगरी, विशिष्ट अतिथि वडाध्यक्ष तामाङले बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम सान्दर्भिक रहेको र विद्यालयलाई वडाले सक्दो सहयोग गरिरहेको तर अपुग भएकोले केन्द्र र प्रदेशसँग समन्वय गरिदिन प्रमुख अतिथि शाक्यलाई आग्रह गरेका थिए ।

कार्यक्रममा प्रअ रेग्मीले विद्यालयको चौतर्फी प्रगतिका लागि र निर्माण गरिएको नमूना विद्यालय विकास कार्यक्रमको गुरुयोजना सफल पार्न आवश्यक सहयोग गरिदिन प्रमुख अतिथि शाक्यको ध्यानाकर्षण गराउँदै स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडासमिति सदस्यहरू अमृतकृष्ण सापकोटा, श्यामहरि आचार्य, सरिता विक, विव्यसका सदस्यहरू बलराम सापकोटा, टीकादेवी अधिकारी, दुर्गा नेपाल, शर्मिला पराजुली, निवर्तमान शिक्षक अभिभावक सङ्घका अध्यक्ष दीपेन्द्र अर्याल, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here