प्रस, वीरगंज, ६ मङ्सिर/

सघन शहरी तथा भवन निर्माण कार्यालयमार्फत महावीर कन्स्ट्रक्शनले आदर्शनगर क्षेत्रमा निर्माण गरेको सडक, फूटपाथको काम जारी रहँदा भत्किन पनि शुरू भएको छ ।

पाँच किलोमिटर कालोपत्रे, तीन किलोमिटर फूटपाथ निर्माण भइरहेको छ । अहिले निर्माण भएका केही ठाउँमा फूटपाथ भत्किन शुरू भएको हो । ७२ करोडको रुपैयाँ लागतमा आव २०७४/७५ मा शुरू भएको यो निर्माण कार्य कोरोनाको कारण रोकिएको थियो । भदौमा पुनः शुरू भएको यसको ठेक्का अवधि अझै केही महीना बाँकी छ ।

तोकिएको समयमा कार्य सम्पन्न हुने भनिए पनि बनेका ठाउँहरूमा भने फूटपाथ भत्किंदै छ ।
स्थानीयले कमसल काम भएको कारण निर्माण कार्य जारी रहँदै फूटपाथहरू भत्किएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here