प्रस, रौतहट, ६ मङ्सिर/

छाया अपाङ्गता अध्ययन केन्द्रको भवन सोमवार परोहा नगरपालिकाका प्रमुख शेख वकीलले उद्घाटन गरेका छन् । कार्यक्रममा नगरप्रमुख वकीलले परोहा नगरपालिकाका भेडियाही टोलमा अपाङ्गता भएका विद्यार्थीलाई अध्ययन गर्नका सुनोलौ अवसर प्राप्त भएको बताए ।

रौतहट जिल्लाका कुनै ठाउँमा अपाङ्गता भएका बालबालिकालाई अध्ययन गराउने विद्यालय नभएको अवस्थामा आज परोहा नगरपालिकामा शुरू भएकोमा हर्षित छु बताए । यस विद्यालयमा छात्रछात्रा आवाससहित अध्ययन गराउने भवन बनेको बताए ।

अपाङ्गता भएका बालबालिकालाई यस विद्यालयमा नामाङ्कन गर्न अपीलसमेत नगरवासी समक्ष गरे । अध्ययन केन्द्रमा अपाङ्गता भएका बालबालिकालाई अध्ययन गराउन अवसर प्राप्त भएको उनले बताए ।

दुई/तीन दिनभित्रमा अध्ययन/अध्यापन शुरू हुने उनले बताए । अपाङ्गता भएको बालबालिकाले केही गर्न नसक्दा उपेक्षित थिए, उनीहरूको मनोबल उच्च पार्न तथा जीवन सफल बनाउन यस केन्द्रको स्थापना भएको नगरप्रमुख वकीलले बताए ।

रेड च्यारिटी, नमस्ते फाउन्डेशन, छाया लिक्टेन्स्टाइन, कार्नेभाली फाउन्डेशन, छाया अस्ट्रिया तथा परोहा नगरपालिकाको आर्थिक सहयोग एवं छाया नेपालको कार्यान्वयन साथै राष्ट्रिय अपाङ्ग कल्याण सङ्घ, रौतहटको सहकार्यमा भवन निर्माण भएको हो । रु ३० लाखमा ३ कट्ठा जग्गा खरीद गरी रु ५७ लाखमा भवन निर्माण भएको सङ्घले जनाएको छ ।

सो अवसरमा छाया अस्ट्रियाका प्रमुख समिने क्लोत्ज, छाया नेपालका कार्यकारी निर्देशक कमल थापा, नेपाली काङ्ग्रेसका रामबाबू पटेल, परोहा नगरपालिका नेकपाका अध्यक्ष श्यामबालक पटेल, तरुण दलका नेता शेख जुमाई, नेपाली काङ्गे्रस परोहाका उपसभापति प्रबुध अन्सारीलगायतले सुझाव तथा सल्लाह दिएका थिए । राष्ट्रिय अपाङ्ग कल्याण सङ्घ नेपालका अध्यक्ष राजेश साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here