प्रस, जीतपुर, ६ मङ्सिर/

करसम्बन्धी प्रचलित ऐन, नियम र सरकारको नीति निर्देशनविपरीत काम गर्ने जोसुकैलाई प्रचलित ऐन कानून बमोजिम कारबाई गरिने आन्तरिक राजस्व कार्यालय, सिमराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले बताएका छन् ।

जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको सभाहलमा दशौं कर दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत सोमवार आयोजित अन्तत्र्रिmयामा प्रमुख कर अधिकृत भण्डारीले विनाकारण कसैलाई जरिवाना, कारबाई नगरिने र गरिएकाहरूले पनि आफूविरुद्ध अन्याय भएको ठानी अदालतमा उजूरी गर्न सक्ने बताए ।

उनले कर कार्यालयको नियत अनावश्यक जरिवाना र कारबाई नगर्ने भन्दै करसम्बन्धी ऐन, कानूनको बर्खिलाप गर्नेलाई भने बाँकी पनि नराख्ने चेतावनी दिए । उनले करसम्बन्धी कुनै द्विविधा भएको खण्डमा व्यवसायीहरूले कार्यालय समयमा जानकारी लिन पाउने बताए ।

जीतपुरसिमरा नगर उवासङ्घका अध्यक्ष सञ्जयकुमार साहले सरकारको आर्थिक लक्ष्य पूरा गराउने काममा आफूहरू सहभागी भएको तर सो अनुसारको सरकारले व्यवहार नगरेको भन्दै दुःखेसो पोखे । उनले कर उठाउने सरकारले सोअनुरूपको सेवा सुविधा पनि प्रवाह गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष मोहन शर्माले स्वागत गरेका थिए भने सहभागीहरूलाई कर अधिकृत राजन विकले करसम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष शिवजी सोनार, सुन व्यवसायी प्रेमलाल साह सोनार, किराना व्यवसायी रामबाबू गुप्ता, राजकुमार गुप्ता, श्यामबाबू साह, पुस्तक व्यवसायी श्रवण गुप्ता, होटल व्यवसायी मोहन शर्मालगायतले जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासाको उत्तर प्रमुख कर अधिकृत भण्डारीले दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here