चिरञ्जीवी सापकोटा, ठोरी, ६ मङ्सिर/
ठोरी गाउँपालिकामा लगाइएको गाँजाखेती प्रहरीले फँडानी गरेको छ । सशस्त्र सीमा सुरक्षा बल बिओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक शङ्कर कोइरालाको नेतृत्वमा ब्रह्मनगर र सीमा प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरूले संयुक्तरूपमा सोमवार ठोरी–३ बुद्धनगर र रामनगरमा लगाइएको गाँजाखेती फँडानी गरेको हो ।
बुद्धनगर र रामनगरमा गरी करीब दुई बिघा गाँजाखेती फँडानी गरिएको सप्रनि कोइरालाले बताए । यसअघि ठोरी गापाबाट दुईपटकमा १९ बिघा गाँजाखेती जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले फँडानी गरेको थियो । प्रहरी र सशस्त्र प्रहरीले लगातार गाँजा फँडानी गरेसँगै यसपटक ठोरी गापाका विभिन्न स्थानमा लुकीछिपी गाँजाखेती भएको गाइँगुइँ यहाँका चियापसल र चोकमा शुरू भएको छ ।