प्रस, वीरगंज, ६ मङ्सिर/

एभरग्रीन नर्सिङ क्याम्पस वीरगंजका विद्यार्थीहरूले नेपाल रेडक्रस सोसाइटी पर्साको अवलोकन गर्दै रेडक्रसको बारेमा जानकारी लिएका छन् ।

अवलोकनको क्रममा कार्यालय सहायक राजन श्रीवास्तवले रेडक्रस पर्साको स्थापना, यसले गर्ने गतिविधि र सङ्गठनात्मक ढाँचाबारे जानकारी गराएका थिए ।

सो अवसरमा विपद्, द्वन्द्वको बेलामा गरिने सेवाका साथै रेडक्रसले खुला दिसामुक्त कार्यक्रम, रक्तदान, एम्बुलेन्स सेवा, बाल सञ्जाल र अहिले चीसोको बेलामा सञ्चालन गर्ने सेवामूलक कार्यक्रमबारे जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here