साना, ५ मङ्सिर/सिन्ह्वा

यमनका हुथी विद्रोहीहरूले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनविरुद्ध कारबाई गरेको जनाएको छ । हुथी विद्रोहीहरूले साउदी अरेबियामा हमला गरेको बताए । यहाँको सरकारकाविरुद्ध शनिवार व्यापक आक्रमण गरेको उनीहरूको दाबी छ । विद्रोहीहरूले दिएको जानकारी अनुसार उनीहरूले साउदी अरेबियाका विभिन्न विमानस्थलमा पनि ड्रोनबाट बम हमला गरेका छन् ।

उनीहरूले ड्रोनबाट आक्रमण गरेको र यसरी गरिएका आक्रमणहरूमा विभिन्न क्षेत्रका विमानस्थलहरू पनि रहेको बताएका छन् । हुथीहरूले यहाँका राजाको रियादस्थित दरबारलाई पनि लक्ष्य गरेर हमला गरेको जनाएका थिए । उनीहरूले साउदी अरेबिया नेतृत्वको सरकारको विरोध गर्दै आएकाले यहाँका राजाविरुद्ध पनि हमला गर्ने जनाएका छन् ।

शनिवारको हमला पनि यसैका विरुद्ध भएको उनीहरूले बताएका छन् । उनीहरूले विगत लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन छोड्नुपर्ने बताउँदै आएका छन् ।

शनिवार भएको हमलामा के कति क्षति भयो त्यसबारे केही बताइएको छैन । इरानको सहयोगमा रहेका यी हुथी विद्रोहीहरूले गरेको सोे हमलाको साउदी अरेबियाको सरकारले भने पुष्टि गरेको छैन । तर हुथीहरूको टेलिभिजन अल मारिसाहले भने सो आक्रमण गरिएको बताएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here