नयाँ दिल्ली, ५ मङ्सिर/एएनआई

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या एक लाख २२ हजार ७१४ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०.३६ प्रतिशत मात्रै भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतवार जनाएको छ ।

सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० को मार्च अर्थात् ५३२ पछिका सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार कोरोना शुरू भएदेखि हालसम्म तीन करोड ४५ लाख १० हजार ४१३ जना कोरोना सङ्क्रमित भएका छन् ।

हिजो शनिवार कोरोना सङ्क्रमणका कारण ३१३ जनाको मृत्यु भएको छ र यससँगै भारतमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या चार लाख ६५ हजार ६६२ पुगेको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३२९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसरी एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या कम हँुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या तीन करोड ३९ लाख २२ हजार ३७ रहेको मन्त्रालयले जनाएको छ ।

गत जनवरी १६ देखि भारतमा कोरोनाविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयदेखि अहिलेसम्म भारतमा एक अर्ब १६ करोड ५० लाख ५५ हजार २१० डोज खोप लगाइएको छ । भारतमा हालसम्म ६३ करोड १६ लाख ४९ लाख ३७८ जनाको परीक्षण भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here