प्रस, सिम्रौनगढ, ४ मङ्सिर/

सिम्रौनगढ नगरपालिका–८ टोल कचोर्वामा शनिवार नेपाल कम्युनिस्ट पार्टी एमालेको कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलाको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य अच्युत मैनालीले गरेका थिए । उनले एमाले अध्यक्ष केपी ओली शर्माको सपना निद्राको नभएर हकिकतको भएको दाबी गरे । उनले अध्यक्ष ओलीले यसअघि गरेका प्रतिबद्धताहरू धेरै हदसम्म पूरा गरेको बताए । उनले आफ्नो घर बिगाडेर व्यक्तिहरू अहिले प्रधानमन्त्री बन्ने सपना देखिरहेकाले सो सपना साकार नहुने र आगामी सरकार एमालेको हुने दाबी गरे ।

कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले एमालेबाट फोहरहरू फ्याँकिएको र पार्टी सफा भएको बताए । अन्याय, अत्याचार, भ्रष्टाचार र शोषणविरुद्ध एमालले खेलेको भूमिकाको कारण आगामी सरकार बनाउने सुनिश्चित भएको दाबी गरे ।

पूर्वमन्त्री ज्वाला साहले महिलाको पहुँच बढाउनुपर्ने कुरामा जोड दिइन् । उनले महिलाको सहभागिताविना अबका दिनमा देश सञ्चालन हुन नसक्ने भन्दै सबै क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्ने आवश्यकता रहेको बताइन् ।

दयानिधिप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं २ सदस्य जालन्धर सिंह, प्रदेशसभा सदस्य जयप्रकाश यादव, त्रिलोकीप्रसाद चौधरी, ढुण्डीराज उप्रेती, केवलप्रसाद चौधरी, कोल्हवी नगरपालिकाका प्रमुख भरतबहादुर भण्डारी, महेन्द्रप्रसाद जयसवाल, ताराचन्द्रप्रसाद साह, सन्नी गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रामप्रवेश कुशवाहाले स्वागत र सञ्चालन रामएकबालप्रसाद यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here