नयाँ दिल्ली, १ मङ्सिर/एएनआई

भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।
तापक्रम घट्दै गएपछि मङ्गलवार अत्यन्त जाडो महसूस गरिएको दिल्लीका बासिन्दाले बताएका छन् ।

भारतको मौसम विज्ञान विभागले मङ्गलवारको अधिकतम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चीसो बढिरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढिरहेको छ ।

वायुको गुणस्तर मङ्गलवार ३९६ रहेकोमा बुधवार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन् । तिहारको बेला अत्यधिक धेरै पटाका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो । प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

त्यसैगरी, चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विशेषगरी बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here