प्रस, वीरगंज, १ मङ्सिर/

मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस बुधवार वीरगंजमा मनाइएको छ । प्रत्येक वर्ष कात्तिक धवल त्रयोदशी तिथि मङ्सिर १ गते मनाइँदै आएको महाकवि विद्यापतिको स्मृति दिवस वीरगंजमा पण्डित अमृतनाथ चिन्तन प्रतिष्ठानले मनाउँदै आएको छ ।

वीरगंज–१६ रजतजयन्ती चोकमा रहेको महाकवि विद्यापतिको सालिकमा पुष्प अर्पण गरिएको थियो । कवि सहमैथिली अभियानी एवं कार्यक्रमका अध्यक्ष शोभाकान्त झाले महाकवि विद्यापतिको जीवनीमाथि प्रकाश पार्दै विद्यापतिद्वारा रचित विभिन्न काव्यपङ्क्तिको उल्लेख गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका सचिव दिनेशचन्द्र मिश्रले जारी जनगणनामा आफ्नो मातृभाषा मैथिली र दोस्रो भाषा भोजपुरी लेखाउन पर्सा जिल्लामा रहेका मैथिलीभाषीसँग आग्रह गरे । समारोहमा समाजसेवी वकील जमशेर मियाँ तेली, समीर मियाँ तेली, भूपनारायण प्रसाद, सविता खातुन, रमा चौधरी, सोनी यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here