प्रस, गरुडा, ३० कात्तिक/

रौतहटको गरुडास्थित मध्यरौतहट बहुमुखी क्याम्पसको स्नातक तह तथा श्री माध्यमिक विद्यालय गरुडाका कक्षा ११ र १२ का विद्यार्थीहरूले मङ्गलवार महँगीविरुद्ध प्रदर्शन गरेका छन् । पेट्रोल, डिजल र खाना पकाउने एलपी ग्याँसको मूल्यमा अस्वाभाविकरूपमा मूल्यवृद्धि भएको भन्दै विद्यार्थीहरूले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।

नारा लगाउँदै विद्यार्थीहरूले गरुडा बजारको परिक्रमा गरेका थिए । कुनै पनि राजनीतिक दलका भ्रातृ सङ्गठनको आह्वानमा नभई विद्यार्थीहरूले स्वस्फूर्तरूपमा महँगीविरुद्ध प्रदर्शनमा उत्रेका थिए ।

पहिले नै कुनै निर्धारित कार्यक्रम नरहेको भएपनि विद्यार्थीहरूले खाना पकाउने ग्याँसको मूल्यमा अस्वाभाविक वृद्धि भएको भन्दै मूल्यवृद्धि फिर्ता लिन प्रदर्शन गरिएको एकजना विद्यार्थीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here