प्रस, जीतपुर, २८ कात्तिक/
नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल बाराको दोस्रो जिल्ला अधिवेशनमा रञ्जन यादव सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
जीतपुुरसिमरा उपमहानगरपालिका– १४ मौलापुरमा भएको जिल्ला अधिवेशनले यादवको अध्यक्षतामा उपाध्यक्ष प्रदीप गौतम, महिला उपाध्यक्ष प्रियङ्का साह, सचिव उमेश घलान, सहसचिव पप्पुु साह र कोषाध्यक्षमा रितिका अधिकारी सर्वसम्मत चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा अनिल पाण्डे, रञ्जना खतिवडा, कोपिला चौलागाईं, विपना शर्मा, समिता चौलागाईं, सन्दीप साह रौनियार, पवित्राकुुमारी चौलागाईं, शिवराज अधिकारी, गेसकुुमार श्रेष्ठ, अङ्कित गौतम, साबिर अन्सारी, ऋषि सहनी, मुुकेश मेहतालगायत छन् ।
अधिवेशनले महेश्वर अधिकारी, रामबाबू मेहता र गम्भीरा सहनीलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ भने वसन्त लामा, फैजुुल्लाह आलम र प्रभुु यादवलाई प्रदेश प्रतिनिधि तोकेको छ ।
यसअघि जिल्ला अधिवेसनको नेकपा माओवादी केन्द्र बाराका संयोजक क्षेत्रबहादुुर श्रेष्ठ (अनिल)ले गरेका थिए । उनले सत्य र निष्पक्ष पत्रकारिता गर्न सुझाउँदै फेरि नेपालमा मिशन पत्रकारिताको खाँचो महसूस गरिएको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य राजन पौडेल, रविराज दङ्गाल, महाधिवेशन आयोजक कमिटी सदस्य विदुर खड्का, जीतपुुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्ष मोहित चौधरी, ईश्वर केसी, रामशरण बर्तौला, रामप्रसाद लामिछाने, कार्यपालिका सदस्य शोभा कार्कीलगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।