तेस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

0

प्रस, निजगढ, २८ कात्तिक/

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराका साथ निजगढमा तेस्रो राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता २०७८ हुने भएको छ । सो प्रतियोगिताको आयोजक निजगढ तेक्वान्दो डोजाङ कार्यसमितिले आइतवार निजगढमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएको हो ।

अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार भएको यस प्रतियोगितामा प्रथम हुने डोजाङलाई नगद रु ८१ हजार, प्रमाणपत्र, मेडल प्रदान गरिने आयोजक समिति निजगढ तेक्वान्दो डोजाड्ढा प्रमुख एवं प्रशिक्षक वसन्त लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सात प्रदेशका गरी विभिन्न तौल समूहका १४० जना खेलाडीले यस प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा आयोजकको छ । विभागीय टोलीसमेतको सहभागिता हुने बताइएको छ । प्रतियोगितामा दोस्रो हुने डोजाङलाई नगद रु ४१ हजार, प्रमाणपत्र, मेडल, तेस्रो हुने डोजाङलाई नगद रु २१ हजार, प्रमाणपत्र, मेडलसहित अन्य पुरस्कार दिइने जानकारी गराइयो । सो प्रतियोगितामा उत्कृष्ट हुने महिला/पुरुष रेफ्रीलाई पनि पुरस्कारस्वरूप नगद दिइने जनाइएको छ।

विगतमा निजगढमा हुँदै आइरहेको यस किसिमका राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन स्थानीय तह, समाजसेवी, बुद्धिजीवी, व्यापारी, उद्योगी, होटल व्यवसायी, निजगढ नगरवासी, सञ्चारकर्मीको सकारात्मक सहयोग, सल्लाह, सुझाव आइरहेको र यस प्रतियोगिताको लागि पनि अन्य सहयोग प्राप्त हुने अपेक्षा लिइएको नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य गुरु गौतमले बताए ।

करीब रु १० लाखको लागतमा उक्त प्रतियोगिता सम्पन्न गर्ने लक्ष्यसहित मङ्सिर १० र ११ गते दुर्ई दिन निजगढको तेक्वान्दो कभर्ड हलमा उक्त प्रतियोगिता सम्पन्न हुने जनाइएको छ । सो प्रतियोगिताको आयोजक निजगढ तेक्वान्दो डोजाङ कार्यसमितिका अध्यक्ष विकास लामाको अध्यक्षतामा पत्रकार सम्मलेन सम्पन्न भएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here