प्रस, परवानीपुर, २८ कात्तिक/

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै पर्साका कानून व्यवसायीहरू पनि आन्दोलनमा उत्रिएका छन् । न्यायालयभित्र शुद्धीकरण माग गर्दै उच्च अदालत बार एशोसिएशन वीरगंज र पर्सा जिल्ला अदालत बार एकाइ धर्नामा बसेको हो ।

बिहान ११ देखि मध्याह्न १२ बजेसम्म केन्द्रीय बारको निर्देशन अनुसार कार्यक्रम भइरहेको पर्सा बार एकाइका अध्यक्ष ओमप्रकाश साहले बताए । साहको नेतृत्वमा पर्सा जिल्ला अदालतअगाडि र जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगंजमा उच्च बारका अध्यक्ष प्रमोदप्रसाद साहको नेतृत्वमा धर्ना कार्यक्रम सम्पन्न भएको हो । धर्ना कार्यक्रम तीन दिनसम्म जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here