प्रस, जीतपुर, २७ कात्तिक/

दुई दिने सार्वजनिक बिदाको दिन आन्तरिक राजस्व विभागको निर्देशन अनुसार आन्तरिक राजस्व कार्यालय सिमराले रु डेढ करोड राजस्व सङ्कलन गरेको छ ।

जरिवाना तथा कारबाहीको त्रासले करदाताहरूले इन्टरनेट प्रविधिद्वारा आवश्यक विवरण प्रतिवेदन प्रस्तुत गरी करसमेत दाखिला गरेको आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि ः सुशासन, विकास र समृद्धि’ मूल नारासहित १०औं राष्ट्रिय कर दिवस भव्यरूपमा मनाउने तयारी भएको छ । यही मङ्सिर १ गते उद्घाटन भई मनाइने सो दिवसमा बारा र रौतहटका प्रमुख जिल्ला अधिकारीसहित सम्पूर्ण कार्यालय, प्रतिष्ठानलगायतलाई सहभागी गराइ बारा र रौतहटका दुईजना करदातालाई सम्मानित गर्ने उनले बताए ।

यस्तै, उक्त अवसरमा एकजना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने र चालू आवको विवरण प्रस्तुत गरी आउँदो आवको कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here