प्रस, सेढवा, २७ कात्तिक/

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अनजान शाक्यले आगलागीपीडितको घर निर्माण गर्ने बताएका छन् ।

जीराभवानी गाउँपालिका–२ सेढवा चमार बस्तीका उमेश महरा चमारको अर्धपक्की घर निर्माण गर्ने शाक्यले बताएका छन् । उनले शनिवार आगलागीबाट क्षति पुगेको रामको घरको अनुगमन गर्दै दुई कोठे घर निर्माण गरिदिने आश्वासन दिएका छन् ।

शनिवार अनुगमन गरेका शाक्यले आइतवारदेखि घर निर्माणका आवश्यक निर्माण सामग्री खसाली छिटोभन्दा छिटो घर निर्माण कार्य शुरू गर्ने बताए । रामको फुसको घरमा कात्तिक १७ गते आगलागी भएको थियो ।

अनुगमनको क्रममा आशिष् सामाजिक सेवा नेपालका संयोजक रोशन सुनुवार, स्थानीय बुद्धिजीवी हीरालाल साह कानू, रामचन्द्र महतो थारू, वीरेन्द्रसाह तेलीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here