अङ्कारा, २६ कात्तिक/सिन्ह्वा

टर्कीमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ। पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण बढेको अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार यहाँ पछिल्लो समयमा मृत्युदर पनि बढेको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा यहाँ २४ हजार ८९८ जनामा यो सङ्क्रमण देखिएको छ।

त्यसैगरी, यहाँ गएको २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या पनि १९७ पुगेको छ। केही समयपछि यहाँ मृत्यु हुनेको सङ्ख्यामा पनि दिन प्रतिदिन वृद्धि हुँदै गएको बताइएको छ। यहाँका अधिकारीहरूले टर्कीमा अहिलेसम्म यो सङ्क्रमणबाट ७२ हजारभन्दा बढीको ज्यान गएको बताएका छन्। टर्कीमा अहिलेसम्ममा ८३ लाखभन्दा बढी व्यक्तिमा यो सङ्क्रमण पुगेको छ।

पछिल्ला केही हप्तामा युरोपमा यो सङ्क्रमण बढ्दै गएको देखिएको छ। अहिले यहाँ सङ्क्रमणको दर झन् बढेको अधिकारीहरूले जनाएका छन्। विश्व स्वास्थ्य सङ्गठनले पनि युरोप कोरोना भाइरसको पछिल्लो केन्द्र बन्दै गएको भन्दै सतर्कता अपनाउनका लागि सबैमा अपील पनि गरेको थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here