प्रस, परवानीपुर, २६ कात्तिक/

छठको पारणको दिन अर्थात् बिहीवार साँझ वीरगंजमा फूड फेस्टिभल सम्पन्न भएको छ। दीपावली र छठ पर्वको अवसरमा केही वर्षदेखि माईस्थान र गीता मन्दिरलाई झकिझकाउरूपले सजाउँदै आएको स्प्रीट क्लबको आयोजनामा फूड फेस्टिभल र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष रोशन गुप्ताले जानकारी गराए।

छठको पारणको दिन घरपरिवारसँग सडकमैं खाऔं र सडकमैं रमाऔं भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरेको उनको भनाइ थियो। कार्यक्रममा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति देखाएका थिए। कार्यक्रममा कलाकार अजमत अलि, सदाब हुसैन, प्रभात यादव, सान्चे मगर, मनीष कर्ण, राजन ठाकुर, दिवस सर्राफ, सुनील श्रीवास्तव, नारायणी डान्स एकेडेमी, सिटी डान्स एकेडेमी, प्रतिविम्ब ब्यान्ड, द इनलाइट ब्यान्डलगायतले आआफ्नो प्रस्तुति दिएका थिए।

नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, पर्साका प्रउ बेलबहादुर पाण्डे, पर्साका सशस्त्र उपरीक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, आदर्शनगर ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतान, व्यवयस्थित वीरगंजका अध्यक्ष दिलीपराज कार्कीलगायतको सहभागिता थियो।

कार्यक्रमको सहजीकरण रियान कायस्थ र जीया मिश्रले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here