प्रस, वीरगंज, २६ कात्तिक/

उदाउँदो सूर्यलाई अघ्र्य दिएर यस वर्षको छठ पूजा विधिवत्रूपमा सम्पन्न भएको छ। वीरगंज महानगरपालिकाको घडीअर्वा पोखरी, छपकैया, बजार छपकैया, नगवा, इनर्वा, भिस्वा, मुर्ली, रानीघाट, पानीटङ्की, राधेमाई र श्रीसिया नदीको वरिपरिका क्षेत्रका साथै जिल्लाभरिका नदी, पोखरी, तलावहरूमा छठ पूजा धूमधामका साथ आयोजना गरिएको थियोे।

यसपटक वीरगंजको घडीअर्वा पोखरीमा पूर्वयुवराज्ञी हिमानी शाह छठ पूजा गर्न आएको कारण यो ठाउँको छठ पूजा विशेष चर्चाको विषय बन्यो। हिमानी शाह बुधवार सँझियाघाट अर्थात् अस्ताउँदो सूर्यको पूजा गर्ने बेला सो पोखरीमा पुगेकी थिइन्। उनको आगमनपछि सो स्थानमा भीड बढेको थियो।

यत्तिकै पनि घडीअर्वामा मानिसहरूको भीड बढी हुने र व्यवस्थापनमा समस्या पर्ने गरेकोमा पूर्वयुवराज्ञीको आगमनले भीड झनै बढाएको थियो। उनको आगमनसँगै २०४७ सालको संविधान पुनस्र्थापना अभियानको तर्फबाट पूर्व राजा, रानी र युवराज्ञीको प्रचार सामग्री हेलिकोप्टरबाट छरिएको थियो। पूर्व युवराज्ञी शाह बिहीवार गहवामाई मन्दिरमा विशेष पूजा गरेर काठमाडौं फर्किएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here