नयाँ दिल्ली २१ कात्तिक/सिन्हवा
भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको सङ्क्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरूले जनाएका छन्। भारतका स्वास्थ्य अधिकारीहरूले यहाँ केही समय अघिदेखि जिका भाइरसका कीटाणुहरू बढ्दो अवस्थामा देखिएको बताएका छन्।
उनीहरूका अनुसार शनिवार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो। उत्तर प्रदेश राज्यमा पछिल्लो समय यो भाइरसको प्रकोप देखिएको बताइएको छ।
उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरूले गएको दुर्ई हप्तामा यहाँ ७९ जनामा यो भाइरस देखिएको बताएका छन्। दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोडियाले नयाँ दिल्लीमा पनि पो भाइरसको सङ्क्रमण बढ्दो देखिएको र यसका लागि सरकार निकै सतर्क रहेको बताए।
उनले सबै सरकारी अस्पतालहरूमा यो भाइरसका सङ्क्रमितको उपचारको व्यवस्था गरिएको बताए। रासस