प्रस, पोखरिया, १२ कात्तिक/

राष्ट्रिय नागरिक सङ्घर्ष समितिले पोखरियामा राजाको माग गर्दै प्रदर्शन गरेको छ ।

‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारासहित पोखरिया नगरपालिका–९ सेमरबारीबाट निकालिएको जुलुस नगरपरिक्रमा गरी कोणसभा गरेर समापन भएको थियो ।

कोणसभामा प्रमुख अतिथि महमद अब्दुल सतार अन्सारीले सबै नेपालीको लागि अब राजा मात्र एक सहारा भएको बताए । उनले आम नेपाली जनतालाई राजाले माया गरेको र अहिलेको अवस्थामा राजाको अभाव चौतर्फीरूपमा खटकिएको चर्चा गरे ।

कार्यक्रममा नेपाल राष्ट्रवाद सङ्घ पर्साका धर्मेन्द्र चौहान, रामाशङ्कर ठाकुर, कृष्ण पटेल, मोतीलाल मण्डललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here